धनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या, दुई युवक पक्राउ

२०८० चैत ८ बिहीबार
बिहान ०९:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकको घाँटी चक्कुले रेटेर हत्या गरेको छ । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ बल्हास्थित युवकलाई चक्कुले घाँटी रेटेर हत्या भएको हो । 

बुधबार बेलुकी करिब ८ः३० बजेको समयमा नेपाल–भारत सीमा (बोर्डर) स्थित रहेको स्थानीय ठगना भन्ने व्यक्तिको आँपको बगैँचामा बोलाएर घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

हत्या हुनेमा स्थानीय अब्दुल करिम नदाफको १८ बर्षिय छोरा कैफ नदाफ रहेको प्रहरीले जनाएको छ । उनको घाँटी चक्कुले रेटेर भागेपछि नदाफ आफ्नो घर पुगेपछि लडेका थिए । उपचारको लागि लग्दै जाँदा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, सोही स्थान बस्ने नइन नदाफको छोरा बर्ष २० को सहमद नदाफ र अमिन नदाफको छोरा बर्ष २२ को जासिम नदाफले कैफ नदाफलाई फोन गरी आँपको बगैँचामा बोलाएका थिए । राती साथी भेटन गएका उनलाई चक्कुले घाँटी रेटेको बताईएको हो । 

घाँटी रेटेर भागेका जासिम नदाफ अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् भने अर्का समेत पक्राउ परिसकेको बताईएको छ । शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 3%
  • 34%
  • 62%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८० चैत ८ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus