राजनीतिक जुधाईको कारण हरिपूर्वा नगरपालिका अनिर्णयको बन्दी बन्दै लथालिंग अवस्थामा
हरिपूर्वा नगरपालिकाको मेयर विनोद साह तेलीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुस २६ गते पत्र लेखेर प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको सरुवा गरेर अन्य कुनै प्रमुख प्रशासकीय अधिकृत पठाइदिन पत्राचार गरेर उल्टै विपक्षीहरु माथि आरोप लगाउन अलि सुहाएन । केही विपक्षीहरुले भने मेयरद्धारा मन्त्रालयमा हाकीमको सरुवाको लागि पठाएको पत्रमा आफूलाई असहयोग गरेको भन्दै सरुवा गरिदिनका लागि अनुरोध गरेको बताए । हामीहरु नगरको विकास हेर्न चाहन्छौं तर मेयर साह सबैलाई बाइपास गरेर एकलौटी रुपमा हिड्न खोज्दा यस्तो अवस्था उनले आफै सृजना गरेको बताए ।

२०८० फागुन ३० बुधबार, बिहान ९:१४ बजे६ मिनेट पढाइ

राधेश्याम कुशवाहा, सर्लाही । गाउँ गाउँमा सिंहदरवारको अवधारणा सहित स्थापना भएको स्थानीय तहमा राजनीतिक जुधाईको कारण सिंगो नगरपालिकामा अनिर्णयको बन्दी बन्दै जाँदा कर्मचारीहरु पिल्सिदै गएको उदाहरण अहिले सर्लाहीको हरिपूर्वा नगरपालिका बनेका छन् ।
हरिपूर्वा नगरपालिकाको नगरप्रमुखमा काँग्रेसका विनोद साह निर्वाचित भएपनि पहिलो आर्थिक बर्ष जेनतेन चलाएपनि दोश्रो आर्थिक बर्षमा राजनीतिक लडाईको कारण नियमित समयमा नगरअधिवेशन हुन नसक्दा कर्मचारीको तलवभत्ता सहित विकास निर्माणका कार्यहरु प्रभावित बन्दै जाँदा हरिपूर्वा नगरपालिकाको अवस्था लथालिंग बन्दै गएपछि सोको मारमा कर्मचारीहरु पिल्सिदै गएका हुन् ।
तलव भत्ताको माग गर्दै कार्यालयका कर्मचारीहरु सहित त्यस पालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन धर्ना प्रदर्शनमा बसेर विरोध जनाउदा समेत कुत्सीत राजनीतिको शिकार बन्दा समेत सम्बध निकाय त्यहाँको विवाद सुल्झाउन ठोस पहल नगर्दा हरिपूर्वा नगरपालिकाको कामकाज लथालिंग बन्दै गएको बताइएका छन् ।
नगरप्रमुख साह संग नगरअधिवेश गराउन बहुमत नरहेको अवस्थामा त्यसै पालिकामा राष्ट्रिय राजनीतिमा दखल राख्ने दलका नेताको गलत कदमको कारण समस्या सुल्झ्उनुको साटो झनै बल्दिै गएको श्रोतले बतायो । सबैलाई समेटेर अघि बढ्ने नगरप्रमुख साहले भनिरहदा पनि उनलाई कामकाज गर्नमा पटक पटक बाधा उत्पन्न गराउदै आएको अर्का तिर संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिका पनि संदेशपूर्ण रहेको हुँदा उक्त नगरपालिकामा बेथितीको अन्त्य हुन सकेको छैनन् ।
सरुवा भईसकेको प्रमुख प्रशासकीय अधिकृतलाई त्यहाँ अर्को प्रशासकीय अधिकृत नपठाउदा समस्या जसको तस नै रहेको बताइएको छ । गत ७ गते नगरअधिवेश सम्पन्न भएपनि त्यसलाई कार्यान्वयन गराउन पालिका बोर्ड मेम्बरहरु सकारात्मक नहुँदा यस्तो अवस्था सृजना भएको छ ।
हरिपूर्वा नगरपालिकाको कर्मचारी सहित शिक्षकहरु अनिश्चितकालिन धर्नामा किन ?
हरिपूर्वा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु संगै शिक्षकहरु साउन महिना देखि लिएर हाल सम्म ८ तलबभत्ता नपाएको भन्दै गत माघ २८ गतेदेखि अनिश्चितकालिन धर्नामा बस्न बाध्य रहेका छन् ।
नगर क्षेत्र भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालय, वार्ड कार्यालय, स्वास्थ चौकी, नगरका विभिन्न शाखा लगायत नगर मातहतका सबै कार्यलयहरु बन्द गरी तलबको माग राख्दै नगर कार्यपालिकाको कार्यलय अगाडी धर्नामा उनिहरु एक महिना देखि धर्ना प्रदर्शनमा बस्नु बाध्यात्मक अवस्था सृजना भएका हुन् ।
फागुन ७ गते नगरअधिवेश सम्पन्न भएपनि कागजी प्रक्रिया अघि बढाउने क्रममा कोलेनिका कार्यालय मलंगवाका प्रमुख नहुँदा समस्या समाधान हुन नसकेको बताइएको छ । नगरका खाता संचालन नहुदाँ स्थानिय स्तरका स्वास्थ चौकीमा औषधीहरुको चरम अभाव रहेको छ ।
स्वास्थ्य चौकीबाट सर्वसाधारणहरु पाउनुपर्ने एउटा सिटामोल समेत दिन्न सक्ने अवस्थामा छैनं । खोप, प्रसृति सेवा लगायत आपतकालिन सेवा जसोतसो चलाउदै छौं, वार्ड ३ धनकौलका बर्थिंग सेन्टर बाहेका सबै स्वास्थ संस्थाहरु बन्द रहेका छन ।
शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा रहेका कारण नगरका १६ वटै सामुदायिक विद्यालय बन्द रहेका ७ हजार भन्दा बढी बालबालिकाहरु नियमति पढाइबाट बन्चित हुदै आएका छन ।
एसइइ परीक्षा नजिकदै गर्दा पनि नगरका शिक्षकहरु विद्यालय बन्द गरेर तलब भत्ताको माग राख्दै अनिश्चितकालिन धर्नामा बसेका कारण ३७५ जना एसइइ परीक्षा दिने छात्रछात्राहरु सहित हजारौं देशका कर्णधार विद्यार्थीका भविष्यसंग खेलवाड हुदै आएपनि राजनीति रडाको थाम्न सकेको छैनन् ।
सामुदायिक विद्यालयका खस्कदै गरेको गुणस्तरका बिच शिक्षकहरुलाई धर्नाका विभिन्न विकल्प प्रयोग गर्न सुझाव दिदा केश्वर गरिब माविका विद्यालयका सहायक प्रधानाध्यापक गंगाराम रायले तलब भत्ता नपाएरसम्म विद्यालय बन्द गरेर कार्यलय समयमै धर्नामै बस्ने बताउदै विद्यार्थीहरु एसइइ का तयारी कोचिंग टिउसन गरेर गर्ने गैरजिम्मेवार अभिव्यक्ति दिए ।
स्थानीयहरुको गुनासो
स्थानीय चन्द्रभूषण दत्तका अनुसार गाउँ गाउँमा सिंहदरबारको अवधारणा सहित स्थापना भएको स्थानीय तहमा सबै अधिकार दिएपनि अशुद्ध राजनीतिको कारण हरिपूर्वाको अवस्था झन् नाजुक बन्दै गएको देखिन्छ । यहाँका राजनीतिक दलका नेताहरु जति जिम्मेवर छन् त्यो भन्दा धेरै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जिम्मेवार रहेका छन् । १५ दिन मात्रै बाँकी रहेका एसइइ परिक्षा तर शिक्षकहरु तलवभत्ताको लागि विद्यालय बन्द गरेर धर्नामा बस्ने कार्य राम्रो नभएको उनले जिकिर गरे ।
तलवभत्ताको लागि आन्दोलन धर्ना गर्नुस तर विद्यालयको अध्ययन अध्यापनलाई बन्धकी बनाउने अधिकार शिक्षकलाई कसले दियो रु उनले प्रश्न गर्दै भने कि विहान वेलुकी एसइइको विद्यार्थीहरुलाई कोचिंगको माध्यमबाट कक्षा कोठा संचालन गराउनुपर्ने बताउँछन् । नगरपरिषद् भएपनि कार्यान्वयनमा बाधक बन्न तत्वलाई पहिचान गरेर विज्ञप्ती मार्फत तिनीहरुको भण्डाफोर गर्नुपर्ने देखिन्छ ।
शिक्षा विनाको जगमा टेक्न खोज्दा दुर्घटना हुन सक्छ त्यसैले सामुदायिक शिक्षालाई सवल बनाउन शिक्षक, सम्बध निकायको साथै अभिभावकहरु आ आफना जिम्मेवारीलाई पुरा गरे मात्रै शिक्षा क्षेत्रमा सुधार आउने बताए । हुनत अहिले सबै क्षेत्र धारासायी बनेको अवस्थामा नगरप्रमुखले हिम्मत जुटाएर सकारात्मक कदम उठाउनु नितान्त आवश्यक रहेको उनले आफनो धारणा यसरी राखे ।
नगरप्रमुख विनोद साहको आक्रोश
नगरभरिका बाहिर तथा अन्य जिल्लाका कर्मचारी तलब नपाएर खान बस्न र घरभाडा समेत तिर्न समस्या हुदै आएको वार्ड न। १ का वडासचिव जुही ठाकुरले दुखेसो पोखे । विगत ८ महिनादेखि पटक पटक आश्वासन मात्रै पाउने गरेको भएपनि तलबका नपाएपछि अनिनिश्चितका लागि धर्नामा बस्नुपरेको उनिहरुको भनाई छ ।
हरिपूर्वा नगरपालिकालाई अनिर्णयको बन्दी बनाउने संघिय साँसद बाहेक संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ठूलो जिम्मेवार रहेको नगरप्रमुख साहले गुनासो गरे । एकबर्षमा ७ सातौं पटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरी मेयरलाई असफल बनाउन र नगरका विकास निर्माण ठप्प गरी राजनितिक षडयन्त्रमा सहयोग गर्दै आएको उनले गम्भीर आरोप लगाए । नगरमा हुने कुनै पनि अप्रिय घटनाको जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयले नै लिनुपर्ने मेयर साहले चेतावनी दिए ।

मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतको सरुवा कहिले बाटोमा त कहिले हाजिर भएको एक घण्टामै सरुवा गराउदा समयमा नगरसभा हुन नसक्दा यस्ता अवस्था सृजना भएको उनले भन्छन् ।
मन्त्रालयले हरिपूर्वामा पुस ११ गते हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद यादवको पनि तेस्रो पटक फेरी माघ ३ गते सरुवा गरे । तर मेयर साहले अधिकृत यादवको रवाना दिन मानेका छैन, नगरमा नयाँ प्रमुख अधिकृत नआएसम्म रवाना नदिने पक्षमा छन् ।
मन्त्रालयले माघ ३ गते तेस्रो पटक प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद यादवलाई हाजिर भएको २३ दिनभित्रै सुरुवा गरेपनि नयाँ अधिकृत नतोक्दा स्थानिय तह फेरी अधिकृत विहिन हुन पुग्दा नगरका कर्मचारी तलब, भत्ता पाउने र विकास निर्माण सामान्य रुपमा सुरु हुनेमा फेरी अन्यौल सृजना भएको छ ।
कार्यपालिकाको बैठकले फागुन ७ गते बहुमत सहित नगरसभा गरेको छ । हरिपूर्वाका ४८ वटा कार्यपालिका सदस्यमा २६ वटा सदस्य नगरसभाको पक्षमा उभिए भने उपमेयर सहित २२ जना विपक्षमा रहेको देखिन्छ ।

संघिय चुनाव २०७९ पछि मेयर विनोद साह र संघिय सरकारमा खानेपानी मन्त्री महन्द्रि राय बिच जुंगाको लडाईको कारण जनप्रतिनिधिहरु २ कितामा विभाजिकत हुदाँ हरिपूर्वा नगरपालिका हालसम्म विवादित बन्दै लथालिंग अवस्थामा पुगेको उनको कथन रहेको छ ।
विपक्षीहरुले नगरप्रमुख विनोद साह माथि लगाए गम्भीर आरोप
हरिपूर्वा नगरपालिकाको मेयर विनोद साह तेलीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुस २६ गते पत्र लेखेर प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको सरुवा गरेर अन्य कुनै प्रमुख प्रशासकीय अधिकृत पठाइदिन पत्राचार गरेर उल्टै विपक्षीहरु माथि आरोप लगाउन अलि सुहाएन । केही विपक्षीहरुले भने मेयरद्धारा मन्त्रालयमा हाकीमको सरुवाको लागि पठाएको पत्रमा आफूलाई असहयोग गरेको भन्दै सरुवा गरिदिनका लागि अनुरोध गरेको बताए । हामीहरु नगरको विकास हेर्न चाहन्छौं तर मेयर साह सबैलाई बाइपास गरेर एकलौटी रुपमा हिड्न खोज्दा यस्तो अवस्था उनले आफै सृजना गरेको बताए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…