सडक छेउमा पार्क गरेर दिशा गर्न जाँदा २ मिनेटमै मोटरसाईकल चोरी
वीरगँजबाट आफन्त भेटन आउँदै गर्दा भुषण प्रसाद वर्णवालको सो मोटरसाईकल चोरी भएको हो । उनले माचि सराबे एरियाबाट सो मोटरसाईकल चोरी भएको हुँदा कसैले देखेमा र मा सम्पर्क गरी जानकारी दिन मदत गर्न अनुरोध गरेका हुन भने प्रहरीले समेत खोजतलासको लागि सहयोग गर्न अपिल गरेको हो ।

२०८० फागुन २१ सोमबार, बेलुकी ५:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफन्तसँग भेट्न गइरहेको एक जना व्यक्तिको मोटरसाईकल सडक छेउबाटै चोरी भएको छ ।
पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर २ सराबे पुलस्थित मोटरसाईकल पार्क गरी दिशापिसाब गर्न जाँदा चोरले मोटरसाईकल चोरेर लगेको बताईएको छ ।
इलाका प्रहरी कार्यालय खजुरीमा कार्यरत एक प्रहरी कर्मचारीसँग भेट गर्न गइरहेको बेला सराबे पूलस्थित हुलाकी सडक अन्तर्गत सडक छेउमा मोटरसाईकल पार्क गरी खेतमा दिशापिसाब गर्न जाँदा उनको मोटरसाईकल चोरी भएको हो ।

आज दिउँसो करिब २ः१५ बजेको समयमा ना ५१ पा ४१३१ नम्बरको मोटरसाईकल लिएर आफन्त भेटन गइरहेको अवस्थामा दिशापिसाब लागेर खेतमा जाँदा ५ मिनेटमै मोटरसाईकल चोरी गरेर लगेको हो ।
वीरगँजबाट आफन्त भेटन आउँदै गर्दा भुषण प्रसाद वर्णवालको सो मोटरसाईकल चोरी भएको हो । उनले माचि सराबे एरियाबाट सो मोटरसाईकल चोरी भएको हुँदा कसैले देखेमा 9845038532 / 9856012742 मा सम्पर्क गरी जानकारी दिन मदत गर्न अनुरोध गरेका हुन भने प्रहरीले समेत खोजतलासको लागि सहयोग गर्न अपिल गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…