पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा शरिफ निर्वाचित
गएको फेब्रुअरी ८ मा भएको आमचुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेका छैनन् । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले चुनावमा सबैभन्दा धेरै सिट जितेका थिए ।

२०८० फागुन २० आइतबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको लागि भएको चुनावमा शहबाज शरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टीबाट उम्मेदवारी दिएका शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
आज (आईतबार) नेशनल असेम्बलीमा भएको चुनावमा इमरान खानको पार्टी तहरिक ए इन्साफ (पीटीआई) को समर्थनमा उम्मेदवार बन्नुभएका उमर अयुबलाई पराजित गर्दै शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । शहबाजले २०१ मत प्राप्त गर्दा अयुबले ९२ मत मात्र पाए ।
शहबाज शरिफ दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको हो । यसअघि सन् २०२२ मा उहाँ पहिलो पटक प्रधानमन्त्री बनेका थिए । शहबाज तीन पटक प्रधानमन्त्री भइसकेका नवाज शरिफका भाइ हुन् ।
गएको फेब्रुअरी ८ मा भएको आमचुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेका छैनन् । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले चुनावमा सबैभन्दा धेरै सिट जितेका थिए ।
यसैबीच पाकिस्तानमा यही मार्च ९ मा राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपतिका लागि गठबन्धन दलहरूले आसिफ जर्दारी र पीटीआईले महमूद खान अचकजाईलाई उम्मेदवार बनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…