कक्षा छाडेर टिकटोक बनाउँदै गरेकी दुई किशोरीलाई शिक्षकले झपारेपछि खाइन फिनाइनल, अस्पताल भर्ना
शिक्षक साहले भने, “दिपा मण्डलको म क्लास टिचर हुँ, उनलाई पटक पटक सम्झाउँदै आएकै छु, घण्टी छाडेर मोबाईलमा व्यस्त हुने, मोबाईल लिएर विद्यालय बाहिर गई नाचगान गरी भिडियो बनाउने, रिल्स बनाउने, टिकटोक बनाउने जस्ता कार्यहरु गर्दै आएकोमा सम्झाएको हुँ, तिम्रो बाउआमालाई प्रमाणको साथ गुनासो गर्छु मात्र भनेको थिए । उनीहरुलाई विद्यालय प्रशासनको जिम्मा लगाएर म सिरहातर्फ निस्के, र उनीहरु फिनाईल खाईदिएको जानकारी पाए । विद्यार्थीलाई सम्झाउन पनि नपाउने कस्तो बिडम्बना सृजना भयो विद्यालयमा है त ।”

२०८० फागुन १५ मंगलबार, बेलुकी ७:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक समुदायिक विद्यालयका शिक्षकले टिकटोक भिडियो बनाउँदै गरेकी विद्यार्थीलाई पढन भनेपछि फिनाइल खाईएर अस्पताल भर्ना भएको घटना बाहिरिएको छ ।
सिरहाको गोलबजार नगरपालिका वडा वडा नम्बर ४ स्थित रहेको जनता माध्यमिक विद्यालय गोलबजारका एक शिक्षकले सोही विद्यालयमा पढने दुई किशोरीलाई मात्र झपारेपछि फिनाइल खाएको बताईएको छ ।
सोमबार दिउँसो १२ बजेको समयमा विद्यालय भित्रै आयोजना गरिएको खोप शिविरको क्रममा खोप लगाएर विद्यालयको छेउमा रहेको रुख मुनि टिकटोक भिडियो बनाईरहेको अवस्थामा गणित पढाउने शिक्षक शशि साहले झपारेपछि दुवै जना फिनाइल खाईदिएको बताईएको छ ।
सोही स्थान बस्ने विद्यार्थी अञ्जली सिंह र दिपा मण्डलले फिनाइल खाईदिएको बताईएको छ । भ्याक्सिन लगाएपछि आराम गर्नुको साटो मोबाईल लिएर टिकटोक भिडियो, रिल्स बनाईरहेको अवस्थामा रिसाएका शिक्षक साहले उनीहरुलाई झपार्दै अभिभावकलाई गुनासो गर्ने भनेपछि फिनाईल खाईदिएको बताईएको छ ।
शिक्षक साहले उनीहरुलाई सम्झाउँदै विद्यालय बाहिर खिचिरहेको भिडियोको तस्विर समेत उनले आफ्नो मोबाईलमा प्रमाणको लागि कैद गरे । शिक्षक साहले उनीहरुले टिकटोक भिडियो बनाईरहेको विद्यालय बाहिर रहेको बयर रुखमुनीको तस्विर खिच्दै अभिभावकलाई देखाउने बताएपछि उनीहरु फिनाईल खाइन् । - आरोपित शिक्षकले भने ।
शिक्षक साहले भने, “दिपा मण्डलको म क्लास टिचर हुँ, उनलाई पटक पटक सम्झाउँदै आएकै छु, घण्टी छाडेर मोबाईलमा व्यस्त हुने, मोबाईल लिएर विद्यालय बाहिर गई नाचगान गरी भिडियो बनाउने, रिल्स बनाउने, टिकटोक बनाउने जस्ता कार्यहरु गर्दै आएकोमा सम्झाएको हुँ, तिम्रो बाउआमालाई प्रमाणको साथ गुनासो गर्छु मात्र भनेको थिए । उनीहरुलाई विद्यालय प्रशासनको जिम्मा लगाएर म सिरहातर्फ निस्के, र उनीहरु फिनाईल खाईदिएको जानकारी पाए । विद्यार्थीलाई सम्झाउन पनि नपाउने कस्तो बिडम्बना सृजना भयो विद्यालयमा है त ।”
विद्यालयभित्र मोबाईल निषेध भएपनि कक्षा ८,९ मै पढने किशोर किशोरीहरुले स्वतन्त्रताको नाममा कक्षा छाडेर टिकटोक भिडियो बनाएपछि आफूहरुको जिम्मेवारी भएको शिक्षक साहले बताए । उनले अभिभावकलाई समेत गुनासो गर्ने स्थिति नरहेकोप्रति दुःख प्रकट गरे ।
यता, परिवारजनले भने आफ्नो छोरहीहरुलाई अधिक दबाब दिएपछि फिनाईल खाएको आरोप लगाएको हो । दिपाकी आफन्तले भने शिक्षक साहले उनीहरुलाई अनर्गल प्रेसर गरेपछि बाध्य भएर फिनाईल खाएको दाबी गरे ।
नाम नखोल्ने शर्तमा एक आफन्तले शिक्षक साहले जानीबुझि आफ्नो विद्यार्थीलाई चाप दिएपछि यस्तो घटना भएको दाबी गरे । कुनै व्यक्तिगत रिसबईको कारण पनि आफ्ना विद्यार्थीहरुलाई लक्षित गरी मोबाइलमा फोटो तान्दा फिनाइल खाएको बताए ।
उनले भने, “विद्यार्थीहरुलाई करियरको डर लाग्यो, उनीहरुको क्यारेक्टरमाथि नै प्रश्न उठाउनु अनुचित हो । टिकटक चलाउँदै होलान, मोबाईल लिएर जाँदै होलान त्यो बेग्लै कुरा हो, तर यसरी प्रेसर गर्नु पनि त अनुचित हो । हामीले कुनै सम्झौता गरेका छैनौ । यदि मास्टरसाहेब गलत नभएको भए उनीहरुको उपचार खर्च तिर्न कसरी सहमत भयो त ? यो प्रश्न उब्जिन्छ ।
उनले यस घटनामा शिक्षक साह नै दोषी रहेको बताउँदै उनलाई कानुनी कारवाहीको माग गरे ।
गोलबजारको भूमिजा अस्पतालमा उपचाररत रहेकी दुवै किशोरीको अवस्था समान्य बन्दै गएको छ भने अभिभावक र विद्यालय पक्षबीच उपचार खर्च तिर्ने सहमति भएपछि मिलापत्र भएको हो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…