जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर
जनकपुरमा रहेको धार्मिक सँघ सँस्था, विश्व हिन्दु परिषद्, हिन्दु सम्राट सेना, धार्मिक क्लबहरुले कुनै पनि मठ मन्दिरमा गरिने गैर धार्मिक कार्यक्रमहरुलाई बन्देज गर्नको लागि प्रशासनमा जानुपर्ने आवश्यकता देखिन्छ । जनकपुरमा गैर धार्मिक कार्यक्रम गर्ने ठाउँहरु पर्याप्त भएपनि मन्दिर कब्जा गर्ने प्रवृतिले मन्दिरको गरिमा, जनकपुरको गरिमामा आँच पुरयाउने क्रम जारी छ । यसलाई यथाशिघ्र प्रशासनले बन्देज गर्नुपर्छ ।

२०८० फागुन १३ आइतबार, बिहान ९:११ बजे२ मिनेट पढाइ

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो मन्दिरको कार्यक्रम बाहेक अन्य कुनै पनि कार्यक्रम नगर्न निर्देशन जारी गरे । सोही अनुरुप गत बर्षदेखि नै जानकी मन्दिरमा धार्मिक कार्यक्रम बाहेक अन्य कार्यक्रम बन्द हुँदा श्रद्धालुलाई सहज भएको छ ।
जनकपुरको मठ मन्दिरमा पूजाआजा गर्न आउने श्रद्धालु, भक्तजनको आडमा गरिने विभिन्न कार्यक्रमहरुलाई मन्दिर परिसरमा रोक लगाउनुपर्ने आवश्यकता छ । धार्मिक नगरी भनिने जनकपुरको मन्दिरहरुमा दैनिक हजारौँ श्रद्धालु आउने गरेको तथ्याँकलाई टेकेर यहाँका केही भनौदाहरुले दर्शक जुटाउन आयोजन गर्दै आएको कार्यक्रमहरुलाई मन्दिर प्राँगनमा रोक लगाउनुपर्छ ।
मन्दिरमा धार्मिक किर्तन, मन्दिरसँग सम्बन्धित कार्यक्रमहरु बाहेक अन्य कुनै पनि कार्यक्रम गर्न नदिने धनुषाका वर्तमान प्रशासनलाई चासो लिनुपर्छ । यहाँका भनौँदा नागरिक समाज, नागरिक समाजका अगुवा, क्लबकर्मी, मिडियाकर्मी, अधिकारकर्मीसहित धार्मिक अभियन्ताहरुलाई यसप्रति यथाशिघ्र चासो लिएर कुनै पनि मठ मन्दिर प्राँगनमा मन्दिर बाहेकका कार्यक्रमहरु गर्न निषेध गर्नुपर्छ ।
जानकी मन्दिरमा बाहिरि कार्यक्रम निषेध गरिएपछि जनकपुरको राम मन्दिर, राजदेवी मन्दिरमा अड्डा जमाउन थालिएको हो । महाबीर युवा कमिटिको हालीमुहाली रहेको राम मन्दिर र राजदेवी मन्दिरमा धार्मिक बाहेकका कार्यक्रमहरु गर्न दिनु अनुचित हो । मन्दिरको प्राँगन कब्जा गरी धार्मिक यात्रुलाई सास्ती दिने, मन्दिरको चारैतर्फ ठुलठुला व्यक्तिगत प्रचारात्मक बैनर झुण्डयाएर मन्दिरको मानमर्दन गरेको महसुस गर्न सकिन्छ ।
जानकी मन्दिरबाट लखेटिएपछि राम मन्दिरमा गैर–धार्मिक कार्यक्रमहरु गर्न अग्रसर भएका जनकपुरका केही मुखौटाहरुको चँगुलमा अझै यहाँका मठ मन्दिरहरु रहेको देखिएको छ । मठ मन्दिरको नाममा भँजाएर खाने यहाँका क्लब, कमिटि, समितिले समेत केही बोल्न सकेका छैनन् । झन, जिल्ला प्रशासन कार्यालय धनुषाले समेत यसबारे कुनै चासो लिन सकेका छैनन् ।
जनकपुरमा रहेको धार्मिक सँघ सँस्था, विश्व हिन्दु परिषद्, हिन्दु सम्राट सेना, धार्मिक क्लबहरुले कुनै पनि मठ मन्दिरमा गरिने गैर धार्मिक कार्यक्रमहरुलाई बन्देज गर्नको लागि प्रशासनमा जानुपर्ने आवश्यकता देखिन्छ । जनकपुरमा गैर धार्मिक कार्यक्रम गर्ने ठाउँहरु पर्याप्त भएपनि मन्दिर कब्जा गर्ने प्रवृतिले मन्दिरको गरिमा, जनकपुरको गरिमामा आँच पुरयाउने क्रम जारी छ । यसलाई यथाशिघ्र प्रशासनले बन्देज गर्नुपर्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…