न्यूज ब्यूरो, सर्लाही । बागमती नगरपालिकामा भोलि हुने सांस्कृतिक तथा शैक्षिक सम्मेलनको उदघाटन गर्न भोली शनिबार प्रधानमन्त्री प्रचण्ड सर्लाही आउने भएको छ ।
बागमती नगरपालिकाको आयोजनामावडा नम्बर ११ स्थित स्व। सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा आयोजना हुन लागेको महोत्सवको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको हो ।
महोत्सवका लागि पूर्व अभ्यासको काम हिजो नै सकिएको बागमती नगरपालिकाका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्ययाय बताए । उनका अनुसार कार्यक्रमका लागि स्टेजको काम चल्दै छन । भोलि बिहान साढे ११ बजेसम्म सम्पूर्ण तयारी पुरा हुन्छ । शिखा शाखा प्रमुखले भने । भोलि २ बजे प्रधानमन्त्री को हातबाट कार्यक्रमको विधिवत उदघाटन हुने कार्यक्रम रहेका छन ।
नगरका हरेक बालबालिकाहरुलाई गुणस्तरिय शिक्षाका साथै समाजका मौलिकता, संस्कार तथा संस्कृतिका ज्ञान दिलाउन र तिनका संरक्षण, सम्बर्दनमा थप टेवा पुर्याउने उदेश्यले शैक्षिक तथा सांस्कृतिक महोत्सवको परिकल्पना गरेको बागमती नगरपालिकाका मेयर भरत थापाले बताए ।
सामुदायिक विद्यालयका ३ हजार भन्दा बढी विद्यार्थीहरुको एकैसाथ नृत्य प्रस्तुत देशकै ईतिहासमा पहिलो हुने समेत दाबी गरिएको छ ।
जनकपुरको स्टार कोचिँगका सँचालक यादव पक्राउ, छात्रासँग जबरदस्ती गरेको आरोप
- २०८० फाल्गुण ११ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको स्टार कोचिँगका सँचालक बब्लु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । कोचिँगमा अध्ययनरत एक छात्रालाई जबरदस्ती फोन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पूरा पढ्नुहोस्