सचिव लामाको निधनप्रति राजपाद्वारा दुःख व्यक्त
चन्दन रौनियार | सुनसरी, २५ जेठ | राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना केन्द्रीय सचिव तेन्जिङ लामाको निधनप्रति दुःख व्यक्त गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं. २० सुनसरी निवासी लामाको ३३ बर्षको उमेरमा बिहीबार करेन्ट लागेर मृत्यु भएको थियो । लामाको निधनले शोषण उत्पीडनमा परेका जनताको अधिकार प्राप्तीको

२०७५ जेठ २५ शुक्रबार, बेलुकी ५:४३ बजे१ मिनेट पढाइ

चन्दन रौनियार |
सुनसरी, २५ जेठ | राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना केन्द्रीय सचिव तेन्जिङ लामाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. २० सुनसरी निवासी लामाको ३३ बर्षको उमेरमा बिहीबार करेन्ट लागेर मृत्यु भएको थियो । लामाको निधनले शोषण उत्पीडनमा परेका जनताको अधिकार प्राप्तीको संघर्ष र युवाहरुको अधिकारको लागी लडिरहने एउटा चेतनशिल योद्धा पार्टीले गुमाएको राजपा नेपालले विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।
‘यस कठिन घडीमा शोकलाई शक्तिमा बदल्न भगवानसँग कामना गर्दै निज परिवारमा भएको अपूरणिय क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न तथा मृत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्दछौं’, संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…