Close This

गैर आवासीय मधेशी संघ (NRMA) अन्तराष्ट्रिय समिति अध्यक्षमा डा. महतो

२०८० फाल्गुण ५ शनिबार
रति ८:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, दुबई । विश्वभर छरिएर रहेका मधेसीहरूको छाता सङ्गठन गैरआवासीय मधेशी सङ्घ (एनआरएमए) अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा डा.श्यामबाबु महतो चयन भएका छन्।

पाँचौँ महाधिवेशनबाट महतोको अध्यक्षतामा ५४ सदस्यीय अन्तर्राष्ट्रिय कार्यसमिति चयन भएको हो। जनमत पाटीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतको प्रमुख आतिथ्यमा सम्पन्न पाँचौँ महाधिवेशनबाट कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा ई। विजयकुमार यादव, ई. धिरजकुमार साह, डा. रविन्द्रकुमार मण्डल चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा अधिकारी सदाम अंसारी, उपेन्द्र यादव, अनिलकुमार यादव, कपलेश्वर यादव चयन भएका छन्। महासचिवमा ई रामदेव राय, सचिवमा ई. प्रियंकाकुमारी यादव, कोषाध्यक्षमा ई. बद्री यादव, सह–सचिवमा श्यामसुन्दर साह, प्रवक्तामा सन्तोषकुमार ठाकुर, मिडिया कोर्डिनेटर कृष्णदेव सुतिहार (स्वराजी) चयन भएका छन्।

सल्लाहकार समितिमा प्रमुख ई. शम्भुनाथ साह, ई. सञ्जयकुमार कर्ण, ई. वीरेन्द्रकुमार साह, शिवकुमार पल, ई. अविशेक झा, ओमनारायण मण्डल, सिकेन्द्र यादव रहेको छ।

राष्ट्रियदेखि अन्तर्राष्ट्रियसम्म मधेसी समुदायलाई सङ्गठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता सङ्गठनको रूपमा गैर आवासीय मधेसी सङ्घ (एनआरएमए) अन्तर्राष्ट्रिय समितिको स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो।

त्यस्तै एनआरएमएले प्रवासमा रहेको मधेशीहरुलाई एउटा छाता सङ्गठनभित्र एकबद्ध गर्दै हरेक किसिमको सहयोग उपलब्ध गराउँदै आई रहेको छ। 

आर्थिक सहयोगदेखि रोजगार सम्बन्धी समस्या, विदेशी क़ानुनी समस्या आदिमा समेत सङ्गठनले सहयोग जारी राखेको छ। यसका साथै विदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ।

गैर आवासीय मधेसी सङ्घ ४४ वटा देशमा फैलिएको छ भने यस सङ्गठनमा २ लाख भन्दा बढी सदस्य रहेका छन्। युएई मलेसिया, कतार, साउदी अरब, कुवेत, भारत र मध्यपूर्वका देशहरूमा एनआरएमएका सदस्यहरूको बाक्लो उपस्थिति रहेको छ।

विदेशी भूमिमा पनि गैर आवासीय मधेसी सङ्घ एउटा सशक्त, सङ्गठित र प्रभावकारी सङ्गठनको रूपमा देखिएको छ। सङ्गठनले आगामी दिनहरूमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाडी बढ्दै गरेको अन्तर्राष्ट्रिय समितिको अध्यक्ष डा. श्यामबाबु महतोले बताए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०८० फाल्गुण ५ शनिबार

Bureau Menus