मिर्चैया नगरपालिकामा तोडफोड गरेका २४ जनामाथि मुद्दा दायर, तरुण दलले जलाए पुतला

२०८० फाल्गुण ४ शुक्रबार
बिहान १०:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा तोडफोड गरेको आरोपमा २४ जनामाथि सार्वजनिक सम्पति तोडफोडको मुद्दा दायर गरेपछि काँग्रेस निकट तरुण दलले विरोध जनाएको छ । 

सार्वजनिक आन्दोलनलाई तोडफोड भन्दै झुठो मुद्दा दायर गरेको भन्दै तरुण दल सिरहाले टायर बालेर प्रदर्शन गरेको हो । तरुण दलले मिर्चैया, बगहा, घुर्मी, चोहर्वा लगायत विभिन्न ठाँउ ठाउँमा प्रदर्शन गरेका थिए । 

सिरहा, सिरहाको नरहा गाउँ गाउँपालिका वडा नम्बर ३ नयाँ चोहर्वा चौकको महेन्द्र हाइवेमा ट्रायरमा आगो बाली चक्काजाम समेत गरे । नेपाल तरुणदलका जिल्ला सभापति अरबिन्द मण्डलको नेतृत्वमा बिरोध प्रदर्शन कार्यक्रम गरिएको थियो । 

प्रदर्शनमा “नालायक गृहमन्त्री राजिनामा दे, भ्रष्ट सिडिओ मुर्दावाद, मिर्चैयाका डिएसपी मुर्दावाद” भन्दै करि ३ घन्टा चक्काजाम गरेका थिए । आन्दोलनमा ज.स.पा., एमाले, एकीकृत लगायतका पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

नेपाल तरुणदलका जिल्ला सभापति अरबिन्द मण्डलको नेतृत्वमा गृहमन्त्रीको पुतला समेत जलाइएको थियो । झुठा मुद्दा फिर्ता नलिए अझ ठुला आन्दोलन गर्ने आन्दोलनकारीहरुको चेतावनी थिए । सिरहाका सिडियोले एक्कल निर्णय गरेको भन्दै प्रदर्शन गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 1%
  • 0%
  • 96%

Bureau Menus