सरस्वति पूजा नगरेको भन्दै शहिदनगरको नयाँ जीवन शैक्षिक दरबार स्कूलमा मेयरको अनुगमन, स्पष्टिकरण सोधिने
धबौली, नेमुवाटोलबाट सो स्कूलमा पढने विद्यार्थीहरुलाई धर्मान्तरको सम्बन्धमा समेत पढाइने गरेको बुझिएको छ । हिन्दु धर्म त्यागेर क्रिश्चन बनेका विद्यालयका सँचालक पासवानले सोही गाउँका हिन्दु धर्मावलम्बीका बच्चाहरुलाई विद्यालयमा भर्ना गरी हिन्दु धर्मावलम्बीहरुले मनाउने सरस्वति पूजा नगरिदिँदा धर्म सँस्कृतिमा बन्देज लगाएको गुनासो गरिएको छ ।

२०८० फागुन २ बुधबार, राति ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको बालबालिका पढने शहिदनगरको एक नीजि विद्यालयमा सुरुदेखि नै सरस्वति पूजा नमनाएको जनगुनासोपछि नगर प्रमुखले अनुगमन गरेका छन् ।
शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले सरस्वति पूजाकै दिन स्कूलमा पुग्दा स्कूलमा तालाबन्दी गरिएको देखेपछि कारवाहीको चेतावनी दिएको हो ।
शहिदनगर नगरपालिका वडा नं. ७ धबौलीस्थित सँचालनमा रहेको नयाँ जीवन शैक्षिक दरबार नामक नीजि विद्यालयमा स्थापनाकालदेखि नै सरस्वति पूजा नगरेको गुनासो अभिभावकहरुले गर्न थालेपछि मेयर यादवले शिक्षा समिति, प्रहरीसहितको टोली लिएर अनुगमन गरेका हुन् । सो क्रममा विद्यालयमा ताला लागेको पाइएको हो ।
नगर शिक्षा समितिका सँयोजक विश्वनाथ यादवले विद्यालयका सँचालक बिमलेश कुमार पासवानलाई फोन गरी सरस्वति पूजा नमनाएको तथा पूजाको दिन समेत विद्यालय नखोलेको सन्दर्भमा उनले आमा विरामी भएको बहाना लगाएको बताए ।
विद्यालय स्थापना कालदेखि नै विद्यालयमा सरस्वति पूजा नमनाउने तथा सो दिन क्रिश्चन (ईसाई) धर्मावलम्बीसँग सम्बन्धित कार्यक्रमहरु गर्ने गरेको गुनासो विद्यार्थीहरुले गरेका छन् ।
धबौली, नेमुवाटोलबाट सो स्कूलमा पढने विद्यार्थीहरुलाई धर्मान्तरको सम्बन्धमा समेत पढाइने गरेको बुझिएको छ । हिन्दु धर्म त्यागेर क्रिश्चन बनेका विद्यालयका सँचालक पासवानले सोही गाउँका हिन्दु धर्मावलम्बीका बच्चाहरुलाई विद्यालयमा भर्ना गरी हिन्दु धर्मावलम्बीहरुले मनाउने सरस्वति पूजा नगरिदिँदा धर्म सँस्कृतिमा बन्देज लगाएको गुनासो गरिएको छ ।
मेयर यादवले उनलाई भोली स्पष्टीकरण सोधेर सन्तोषजनक जवाफ नआए कारवाही प्रक्रिया अगाडी बढाउने बताए । उपमेयर सुनिता सिँहले समेत यस्ता विद्यालयलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…