विदेह नगरपालिकाको ठाढीमा विदेह युवा क्रिकेट टुर्नामेन्ट सुरु, ३० हजार पुरस्कार
क्रिकेट टुर्नामेन्टमा धनुषा जिल्लाभरिको ८ वटा टीमले भाग लिएको आयोजक समितिका श्याम सुन्दर दासले जानकारी दिए । प्रथम हुनेलाई ३० हजार रुपैयाँ नगद र दोस्रो हुनेलाई २० हजार रुपैयाँ नगद दिने दासले जानकारी दिए ।

२०८० माघ २३ मंगलबार, बेलुकी ६:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगपालिका वडा नं. १ टाढी महिनाथपुरस्थित आजदेखि क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।
रेल्वे लीक नजिक ठाढीस्थित मँगलबारदेखि सुरु भएको टुर्नामेन्ट आगामी माघ २९ गतेसम्म सँचालन हुने भएको छ ।
मँगलबार एक कार्यक्रमबीच खेलको उदघाटन गरिएको हो । धनुषा निर्वाचन क्षेत्र नंं २ (क) का प्रदेश साँसद लखन दासको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख आसादेवी झा, बिओपी महिनाथपुरका ईन्चार्ज नरेन्द्र धामीको विशेष आतिथ्यमा क्रिकेट टुर्नामेन्ट सुरु भएको हो ।
क्रिकेट टुर्नामेन्टमा धनुषा जिल्लाभरिको ८ वटा टीमले भाग लिएको आयोजक समितिका श्याम सुन्दर दासले जानकारी दिए । प्रथम हुनेलाई ३० हजार रुपैयाँ नगद र दोस्रो हुनेलाई २० हजार रुपैयाँ नगद दिने दासले जानकारी दिए ।
आज उदघाटन खेलमा शहिदनगर नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाबीच भएको थियो । टस जितेर ब्याटिँग गरेका क्षीरेश्वरले अल आउट हुँदैँ १३८ रन बनाएर १३९ को लक्ष्य दिएको थियो । लक्ष्य पछयाउँदै शहिदनगरले १६ अभरमध्ये १० अभरमै अल आउँट हुँदै १०९ बनाएर पराजित भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…