पार्टी परिवर्तनको तरखरमा सँजय साहका दाहिने हात "नविन यादव"
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । मधेस क्रान्ती फोरम धनुषाका सँयोजक युवा नेता नविन यादव पार्टी परिवर्तन गर्ने तरखरमा रहेका छन् । निलम्बीत साँसद सँजय कुमार साहको अति निकटम मानिएका यादव पार्टी परिवर्तन गर्ने खुलासा भएपछि धनुषामा राजनीतिक दलहरुमा कौतुहलता बढेको छ । प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग

२०७५ जेठ २५ शुक्रबार, बिहान १०:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २५ जेठ । मधेस क्रान्ती फोरम धनुषाका सँयोजक युवा नेता नविन यादव पार्टी परिवर्तन गर्ने तरखरमा रहेका छन् ।
निलम्बीत साँसद सँजय कुमार साहको अति निकटम मानिएका यादव पार्टी परिवर्तन गर्ने खुलासा भएपछि धनुषामा राजनीतिक दलहरुमा कौतुहलता बढेको छ ।
प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसका नेता विमलेन्द्र नीधिलाई सहयोग गरेका यादव आफ्ना साथीसँगत सहित पार्टी परिवर्तन गर्न लागेको बुझिएको छ ।
सँजय साहको दाहिने हात मानिएको यादव पार्टी परिवर्तन गर्न लागेको खवर विभिन्न सँचार माध्यमहरुमा प्रकाशन प्रकाशित भएपछि राजनीतिक उचारचढावबीच खिचातानी समेत सुरु भएको देखिएको छ ।
राजनीतिमा प्रवेश गरेदेखि नै मधेस र मधेसी जनताको हकहितको लागि लडदै आएका नविन तेस्रो मधेस आन्दोलनको क्रममा मृत्यूलाई जितेर आईसकेका छन् ।
आन्दोलनको क्रममा यादवलाई प्रहरीले नियन्त्रणमा लिई ज्यानै जाने गरी घाईते बनाएका थिए । टाउको गम्भिर चोट खेपेका यादव मृत्यूलाई समेत जितेर बाहिर आएका थिए ।
अधिकारको विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नविन यादव पार्टी परिवर्तन गर्न लागेपछि राजनीतिक दलका नेताहरुमा चर्काचर्की भएको देखिएको छ ।
सँजय साहको राजनीतिक यात्रादेखि आफ्नो बेग्लै छवि बनाएका यादवसँग जनमास मोटो रहेको भन्दै राजनीतिक दलहरुले आफ्नो पार्टीमा प्रवेश गराउन कसरत समेत थालेका छन् ।
यता, यादवले मधेस र मधेसी जनताको हक, अधिकारको लागि आफूलाई सहज हुने पार्टी छनौट गर्ने बताएका छन् ।
पार्टी परिवर्तनको समाचार बाहिर आएलगत्तै जनकपुरको विभिन्न ठाउँमा यादवको चर्चा जोडतोडले चलेको देखिएको छ । तर यादवले कुन पार्टी प्रवेश गर्ने भन्ने बारे खुलाइएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…