सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

२०८० माघ २२ सोमबार
बेलुकी ७:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् । 

सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन साहले बैगनी र पहेंलो रँगको काउली फलाएका हुन् । भारतबाट बिउ आयात गरी उनले परीक्षणको लागि केही जग्गामा लगाएको सो काउली फलाएको हो । 

सोमबार काउलीलाई सार्वजनिक गर्दै किसान साहले यसको मूल्य २५० रुपैयाँ प्रतिकिलो बेच्ने बताए । उनले तत्कालको लागि ५ धुर जग्गामा मात्र काउली उब्जाएर सफल परीक्षण गरेको बताउँदै बजार पाएमा अधिक जग्गामा उब्जाउने बताए । 

किसान साहका अनुसार, काउलीको सब्जीको स्वाद पनि फरक पाईएको बताए । उनले साधारण काउली भन्दा यो काउलीको स्वाद उत्तम रहेको बताए । रँगीन भएपछि हेर्नमा समेत आकर्षक भएको उनले बताए । 

  • 43%
  • 0%
  • 43%
  • 0%
  • 0%
  • 14%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८० माघ २२ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus