सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त
किसान साहका अनुसार, काउलीको सब्जीको स्वाद पनि फरक पाईएको बताए । उनले साधारण काउली भन्दा यो काउलीको स्वाद उत्तम रहेको बताए । रँगीन भएपछि हेर्नमा समेत आकर्षक भएको उनले बताए ।

२०८० माघ २२ सोमबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।
सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन साहले बैगनी र पहेंलो रँगको काउली फलाएका हुन् । भारतबाट बिउ आयात गरी उनले परीक्षणको लागि केही जग्गामा लगाएको सो काउली फलाएको हो ।
सोमबार काउलीलाई सार्वजनिक गर्दै किसान साहले यसको मूल्य २५० रुपैयाँ प्रतिकिलो बेच्ने बताए । उनले तत्कालको लागि ५ धुर जग्गामा मात्र काउली उब्जाएर सफल परीक्षण गरेको बताउँदै बजार पाएमा अधिक जग्गामा उब्जाउने बताए ।
किसान साहका अनुसार, काउलीको सब्जीको स्वाद पनि फरक पाईएको बताए । उनले साधारण काउली भन्दा यो काउलीको स्वाद उत्तम रहेको बताए । रँगीन भएपछि हेर्नमा समेत आकर्षक भएको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…