"मिस एण्ड मिसेस फेमिना ईन्टरनेश्नल" मा जनकपुरकी चेली
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । नेपालमै आयोजना गरिएको " मिस एण्ड मिसेस फेमिना ईन्टरनेश्नल" नेपालमा जनकपुरकी अमिशा पाठकको चर्चा छ । आउँदो असार २ गते काठमान्डौँमा हुन लागेको यस कार्यक्रममा मधेसबाट अमिशा चर्चामा रहेकी छन् । महोत्तरी जिल्ला पर्कौली घर भएकी २१ वर्षिय अमिशा मिस एण्ड मिसेस फेमिना ईन्टरन

२०७५ जेठ २५ शुक्रबार, बिहान ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २५ जेठ । नेपालमै आयोजना गरिएको "मिस एण्ड मिसेस फेमिना ईन्टरनेश्नल" नेपालमा जनकपुरकी अमिशा पाठकको चर्चा छ ।
आउँदो असार २ गते काठमान्डौँमा हुन लागेको यस कार्यक्रममा मधेसबाट अमिशा चर्चामा रहेकी छन् ।

महोत्तरी जिल्ला पर्कौली घर भएकी २१ वर्षिय अमिशा मिस एण्ड मिसेस फेमिना ईन्टरनेश्नलको लागि उपयुक्त र चहकिलो अनुहार मानिएको छ ।
देशभरिबाट २१ जना सहभागी मध्ये मधेसबाट अमिशा कन्टेस्टेड नम्बर १६ मा सहभागी जनाएकी छन् । न्यूज ब्यूरोसँग कुरा गर्दै अमिशाले यस कन्टेस्टमा आफूलाई बढी भन्दा बढी भोट गरी जीताउन आग्रह गरिन् ।
उनले भनिन्, यस कार्यक्रममा मधेसबाट म सहभागी भएकी छु, तपाईहरुको माया, स्नेह र सहयोगले यहाँको नाम उजागर गर्न सफल हुन्छु र सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्ने अपेक्षा मात्र होईन, विश्वास राखेको छु ।
पुरुष प्रधान देश र समाजमा महिलालाई अगाडी आउनको लागि हिम्मत प्रदान गर्ने उदेश्यले यस प्रतियोगितामा भाग लिएको बताइन् ।
अमिशा पाठकलाई भोट गर्नको लागि : मोबाईलको मेसेजाम गएर MMFI 16 टाईप गरी 33001 मा पठाउन आग्रह गरेकी छन् । ( MMFI16 Send To 33001)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…