पाकिस्तानका पूर्वप्रधानमन्त्री ईमरान खान र उनकी श्रीमतिलाई १४ बर्षको जेल सजाय

२०८० माघ १७ बुधबार
दिउसो ४:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । केही दिनअघि इमरान खानलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो ।

बुशरा बिबीले सजायपछि आत्मसमर्पण गरेकी छिन् । सन् २०२२ मा विपक्षी दलहरूले इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएका थिए । उनी यसअघि नै भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि तीन वर्षको जेल सजाय काटिरहेका छन् ।

मंगलबार इमरान खानलाई राष्ट्रिय गुप्तचर सूचना चुहावट गरेको आरोपमा सजाय सुनाइएको थियो । यसैबिच आज उनलाई भ्रष्टाचारको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

इमरान खानले आफूविरुद्धका अधिकांश मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएका छन् । इमरान खानलाई यो सजाय पाकिस्तानमा आम चुनाव हुनु केही साताअघि भएको हो । इमरान खानलाई यसअघि नै चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो ।

इमरान खान गत वर्ष अगस्टमा पक्राउ परेदेखि जेलमा छन् । सुनुवाइका क्रममा उनकी श्रीमती बुशरा बिबीलाई हिरासतमा राखिएको थियो । दुवैले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहार व्यक्तिगत फाइदाका लागि बेचेको आरोप छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ

  • २०८० माघ १७ बुधबार

सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ ।  हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने

पूरा पढ्नुहोस्

Bureau Menus