सिरहामा श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतिलाई गरे हत्या
न्यूज ब्यूरो | सिरहा, २४ जेठ । सिरहामा श्रीमानले आफ्नै श्रीमतिलाई हत्या गरेका छन् । बुधबार सिरहाको बरियारपट्टी गाउँपालिकामा एक श्रीमानले आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । बरियारपट्टी गाउँपालिका वडा नं. ३ वलुवा टोलमा स्थानीय वर्ष ३५ का प्रमेश्वर यादव र उनका श्रीमति वर्ष ३२

२०७५ जेठ २४ बिहीबार, राति १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २४ जेठ । सिरहामा श्रीमानले आफ्नै श्रीमतिलाई हत्या गरेका छन् ।
बुधबार सिरहाको बरियारपट्टी गाउँपालिकामा एक श्रीमानले आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
बरियारपट्टी गाउँपालिका वडा नं. ३ वलुवा टोलमा स्थानीय वर्ष ३५ का प्रमेश्वर यादव र उनका श्रीमति वर्ष ३२ की सुनिता देबी यादवबीच घरायसी विवाद चुलिँदा घाँटी पछाडि पट्टी खुखुरी प्रहार गर्दा सुनिताको घटनास्थलमै मृत्यू भएको छ ।
हत्या गर्ने परमेश्वर केही दिन अगाडी मात्र वैदेशिक रोजगारीबाट घर आएका थिए । केही दिनदेखि चल्दै आएको घरासयी विवादले आज उग्र हुँदा आवेगमा धारिलो खुकरी प्रहार गरी हत्या गरेका हुन् । हत्या गरी परमेश्वर फरार भएका छन् भने प्रहरीले खोजीकार्य तीव्र पारेका छन् ।
मृतक सुनिताको लास जिल्ला सिरहा अस्पताल पोष्टमार्टमको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…