जेललाई सुधार गृहको रुपमा सँचालन गर्नुपर्छः गृहमन्त्री श्रेष्ठ
कारागार प्रमुख मिश्रका अनुसार अनुमानित ५ सय भन्दा बढीको हराहरीमा सर्लाहीका कैदीबन्दीहरु जिल्ला बाहिरका विभिन्न कारागारमा रहेका कारण यस कारागारमा विभिन्न कारागारबाट ल्याएर ३सय कैदी राख्न सकिने उहाँको भनाई थियो ।

२०८० माघ ८ सोमबार, बिहान १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधार गृहको रुपमा संचालन गर्नुपर्ने बताए ।
कारागारमा रहेका केदीबन्दीहरु विगतका समयमा जस्तोसुकै अपराध गरेतापनी अपराधीहरुलाई कुण्ठित, थप मानविय जीवन कष्ठकर बनाउने जेलको उदेश्य नरहेको समेत उहाँले प्रष्ट पारे ।
सरकारले कारागार सुधार अभियान संचालन गरेको जानकारी गराउदै कैदी बन्दीलाई चाहिने कारागार भवनको अपुगको कारण भवन निर्माणको प्रक्रिया पनि अगाडी बढाउदै आएका छौं, मन्त्री श्रेष्ठले भने । कारागारलाई सुधार गृह बनाउनुपर्छ भनी ठान्दछु, उनिहरुको भावी जिवन राम्रो होस भने हामीले वातावरण निर्माण गरिदिनुपर्छ, उहाँले थपे । कैदीलाई नपुग्ने कारागार रहेका कारण भवनमा बृद्वि गर्नुपर्छ ।
कमसेकम एउटा साधारण मानिसले जसरी कारागारमा बस्छन पाउछन, त्यही ढंगले कारागारमा बस्न पाउने सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिए ।
हाल मलंगवा कारागारमा रौतहटबाट ल्याइएको ३० कैदीबन्दी सहित ४२ जना कैदी रहेको कारागार प्रमुख मनोज मिश्रले जानकरी दिए ।
जसमा २ जना महिला गरी १२ जना थुनुवा रहेका छन ।
कारागार प्रमुख मिश्रका अनुसार अनुमानित ५ सय भन्दा बढीको हराहरीमा सर्लाहीका कैदीबन्दीहरु जिल्ला बाहिरका विभिन्न कारागारमा रहेका कारण यस कारागारमा विभिन्न कारागारबाट ल्याएर ३सय कैदी राख्न सकिने उहाँको भनाई थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…