भारतको गुजरातमा डुँगा (नाउ) डुब्दा १४ जनाको मृत्यू, आधा दर्जन बेपत्ता

२०८० माघ ५ शुक्रबार
बिहान ०८:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो ।  भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । छ जना बेपत्ता भएका छन् ।

बिहीबार भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ ।

डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोजी भइरहेको खबरमा उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

धनुषाधाम नगरपालिका मधेशको पहिलो विद्युत चुहावट मुक्त नगरपालिका घोषणा 

  • २०८० माघ ५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको धनुषाधाम नगरपालिका मधेश प्रदेशमै विद्युत चुहाबट मुक्त पालिकाको रुपमा रेकर्ड बनाउन सफल भएको छ ।  नगरपालिकाको आयोजन तथा नेपाल विधुत प्राधिकरण धनुषाधाम वितरण केन्द्रको संयोजनमा धनुषाधाम

पूरा पढ्नुहोस्

Bureau Menus