मधेश प्रदेशमा आज सार्वजनिक विदा
मधेश सरकारको राजपत्रमा उल्लेखित २०८० सालको विदाको सूचिमा माघ ५ गते बलिदानी दिवसको रुपमा मनाउँदै आएकोमा आज शुक्रबार सार्वजनिक विदा दिईएको हो । बलिदानी दिवसको अवसरमा प्रत्येक बर्ष माघ ५ गते प्रदेश सरकारले विदा दिँदै आएको हो ।

२०८० माघ ५ शुक्रबार, बिहान ७:५७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुधाम । मधेश सरकारको राजपत्र अनुसार आज मधेश प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदा हुने भएको छ ।
मधेश सरकारको राजपत्रमा उल्लेखित २०८० सालको विदाको सूचिमा माघ ५ गते बलिदानी दिवसको रुपमा मनाउँदै आएकोमा आज शुक्रबार सार्वजनिक विदा दिईएको हो । बलिदानी दिवसको अवसरमा प्रत्येक बर्ष माघ ५ गते प्रदेश सरकारले विदा दिँदै आएको हो ।
प्रदेश सरकारको विदा भएपछि ८ वटै जिल्लाको सरकारी कामकाज एक दिनको लागि छुट्टी हुने भएको छ । आज मधेश प्रदेशमा सरकारी सँघसँस्थाहरु, कार्यालयहरु विदा रहने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…