प्रधानमन्त्री कपमा मधेश प्रदेश ५ विकेटले विजयी
२४६ रनको लक्ष्य पछयाउँदै मधेश प्रदेशबाट रुपेश सिँहले ७२ बलमा ७२ रन बनाए भने निरज यादवले ७० बलमा ५२ रन जोडे । निरजले २ छक्का र ४ चौका समेत प्रहार गरेका थिए ।

२०८० माघ ४ बिहीबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले एपीएफ क्लबलाई ५ विकेटले पराजित गरेको छ ।
सुरुमा ब्याटिँग गरेको एपिएफ क्लबले मधेश प्रदेशलाई २४७ रनको लक्ष्य दिएकोमा मधेश प्रदेशले मात्र ५ विकेटको क्षतिमा २४७ रन बनाएर जीत हाँसिल गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो ।
एपीएफका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५९ रन बनाए । उनले ६९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान रोहित पौडेलले ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए ।
नट आउट रहेका अमर रौतेला अर्धशतक पूरा गर्नबाट १ रनले चुके । सन्दीप जोराले २० रन बनाएका थिए ।
४८.३ ओभरमा हातमा बलले लागेर रिटायर्ड हर्ट अभिनाश बोहरा लगातार २ विकेट गएपछि पुन मैदान फर्किएका थिए । उनी ८ रनमा नट आउट रहे ।
मधेशका लागि रुपेश सिंह र प्रदिप पासवानले समान ३–३ विकेट लिए । रञ्जित कुमारले २ र अरनिको यादवले १ विकेट लिए ।
२४६ रनको लक्ष्य पछयाउँदै मधेश प्रदेशबाट रुपेश सिँहले ७२ बलमा ७२ रन बनाए भने निरज यादवले ७० बलमा ५२ रन जोडे । निरजले २ छक्का र ४ चौका समेत प्रहार गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…