धनुषामा भेटायो "मोनोक्लेड कोबरा", नागदेवता भन्दै स्थानीयहरु थाले पूजा
न्यूज ब्यूरो | जनकपुरधाम, २३ जेठ । धनुषामा दुर्लभ प्रजातिका मोनोक्लेड कोबरा ( Monocled Cobra ) फेला परेको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ९ सप्तपोखर (सत्तोखर) स्थित पोखरी नजिकै विशाल मोनोक्लेड कोबरा फेला परेको छ । बुधबार विहानै करिब ६:३० बजे सप्तपोखरीबाट बाहिर निस्केका बेला नाग स्थानीयहरुले देखे

२०७५ जेठ २३ बुधबार, दिउँसो १:३० बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो |
जनकपुरधाम, २३ जेठ । धनुषामा दुर्लभ प्रजातिका मोनोक्लेड कोबरा (Monocled Cobra) फेला परेको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ९ सप्तपोखर (सत्तोखर) स्थित पोखरी नजिकै विशाल मोनोक्लेड कोबरा फेला परेको छ ।
बुधबार विहानै करिब ६:३० बजे सप्तपोखरीबाट बाहिर निस्केका बेला नाग स्थानीयहरुले देखेपछि भीड जम्मा भएको थियो ।
पोखरिमै हुँदा उक्त कोबराको थुतुनो प्लास्टिकको गिलासमा फसेपछी त्यसबाट उम्कन बाहिर निस्केका सर्पलाइ स्थानियले समाएका थिए ।
उक्त कोबरा सर्पलाई समाउने क्रममा स्थानीय बिरेन्द्र यादवलाई डसेका छन् भने तत्कालै उपचारका लागि बाहिर लगेका छन।
स्थानीयहरुले तत्कालै प्रहरीलाई पनि खवर गरेका थिए भने धार्मिक कुण्ड मानिने सप्तपोखरीबाट निस्केको भन्दै नागदेवताको दाबी गर्दै समाएर पूजाआजा समेत गरेका छन् ।
अहिले सर्पलाई फलामे पिँजडामा राखिएको छ भने सर्प टोकेर घाईते भएका यादवलाई उपचारको लागि बाहिर पठाइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…