जाडोमा घरमा कोईला बालेर सुतेका पाँच बालबालिकाको निसास्सिएर मृत्यू 

२०८० पौष २५ बुधबार
रति ८:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । शितलहर चढेपछि जाडो छल्न घरमा कोईला बालेर सुतेको अवस्थामा पाँच बालबालिकाको मृत्यू भएको छ । 

भारतको उत्तर प्रदेशमा पाँच जना बालबालिकाको निसास्सिएर ज्यान गएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।

उत्तर प्रदेशको अमरोहा जिल्लाको एउटा गाउँमा एउटै कोठामा सुतेका सात जनामध्ये पाँच जनाको निसास्सिएर ज्यान गएको र दुई जनाको उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशमा चिसो बढेकाले उनीहरुले कोठा न्यानो बनाउन कोठामै कोइला बालेर खाना पकाएका र त्यही कोठामा सात जना सुतेका थिए । कोठामा अक्सिजनको अभाव हुँदा निसास्सिएर बालबालिकाको ज्यान गएकोे प्रारम्भिक अनुमान रहेको खबरमा उल्लेख छ ।

  • 1%
  • 0%
  • 1%
  • 1%
  • 98%
  • 0%

भठिहनमा यादव चौकको विवाद टुगिँयो, 'श्रीराम चौक' राख्ने सर्वपक्षीय निर्णय

  • २०८० पौष २५ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित विवादित यादवचौक लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ ।  सबैला नगरपालिकाले स्थानीय प्रशासनसँग सो चौकमा नामकरणको विवाद भएको भन्दै

पूरा पढ्नुहोस्

Bureau Menus