जाडोमा घरमा कोईला बालेर सुतेका पाँच बालबालिकाको निसास्सिएर मृत्यू
उत्तर प्रदेशमा चिसो बढेकाले उनीहरुले कोठा न्यानो बनाउन कोठामै कोइला बालेर खाना पकाएका र त्यही कोठामा सात जना सुतेका थिए । कोठामा अक्सिजनको अभाव हुँदा निसास्सिएर बालबालिकाको ज्यान गएकोे प्रारम्भिक अनुमान रहेको खबरमा उल्लेख छ ।

२०८० पुस २५ बुधबार, राति ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शितलहर चढेपछि जाडो छल्न घरमा कोईला बालेर सुतेको अवस्थामा पाँच बालबालिकाको मृत्यू भएको छ ।
भारतको उत्तर प्रदेशमा पाँच जना बालबालिकाको निसास्सिएर ज्यान गएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
उत्तर प्रदेशको अमरोहा जिल्लाको एउटा गाउँमा एउटै कोठामा सुतेका सात जनामध्ये पाँच जनाको निसास्सिएर ज्यान गएको र दुई जनाको उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।
उत्तर प्रदेशमा चिसो बढेकाले उनीहरुले कोठा न्यानो बनाउन कोठामै कोइला बालेर खाना पकाएका र त्यही कोठामा सात जना सुतेका थिए । कोठामा अक्सिजनको अभाव हुँदा निसास्सिएर बालबालिकाको ज्यान गएकोे प्रारम्भिक अनुमान रहेको खबरमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…