निष्पक्ष रुपमा छानविन गरी प्रतिवेदन गृह मन्त्रालयमा बुझाउनेः संयोजक गौतम
वरहथवा नगरअस्पताललाई स्तरोन्नती गर्नका निमित्त प्रदेशिक अस्पतालमा गाभ्ने विषयलाई लिएर गत शुक्रवार प्रदर्शन उग्र हुँदा सोही क्रममा प्रहरीले गोली चलाउदा बरहथावा नगरपालिका वडा नम्वर ६ का ३० बर्षिय युवक जयशंकर साहको मृत्यु भएपछि तिन दिन सम्म चोर्निया पुलमै शव राखेर प्रदर्शन गरिएका थिए ।

२०८० पुस २४ मंगलबार, बेलुकी ६:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बरहथवा घटनालाई लिएर गृह मन्त्रालयद्धारा गठित छानविन समितिले मंगलवार देखि स्थलगत रुपमा छानविनको कार्य सुरु गरेका छन् ।
गृह मन्त्रालयको सह सचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समतिका सदस्यद्धय प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भिमबहादुर बुढाथोकीले आज देखि स्थलगत रुपमा अनुसन्धान कार्य प्रारम्भ गरेका हुन् ।
थानेश्वर गौतम सहितको टोलीले बरहथवा घटनामा प्रहरीको गोलीबाट मृत्यु भएका युवक जयशंकर साहको परिवार संग भेटघाट गरेको छ भने अस्पतालको विषयलाई लिएर आन्दोलन गर्ने नेपाली काँग्रेस सहित पाँच दल संग बुझ्ने कार्य गरियो, घटनास्थलमा गएर स्थानीय प्रत्यक्षदर्शीहरु संग पनि सो टोलीले भेटघाट गर्ने क्रमलाई जारी राखेको छ ।
छानविन समितिका संयोजक गौतमले आफू निष्पक्ष रुपमा छानविन गर्ने प्रतिबद्धता जनाउदै समाजमा शान्ति सुव्यवस्था कायम राख्न स्थानीय बासिन्दाहरु, राजनीतिक दल र पीडित परिवारहरु संग अनुरोध गरे ।
हामी छानविन गर्न आएका छौं कसैको पक्ष वा विपक्षमा गर्दैनौं त्यसैले यहाँ भएका घटनाहरुलाई नबंग्याई सटिक रुपमा जे भएको छ त्यही राखेर छानविन कार्यलाई सहयोग गर्न संयोजक गौतमले आग्रह गरे । यहाँको यथार्थ बस्तुस्थितिलाई समेटेर तयार पारिएको प्रतिवेदन निर्धारित समय सिमा भित्र गृह मन्त्रालयमा बुझाउने बताए ।
वरहथवा नगरअस्पताललाई स्तरोन्नती गर्नका निमित्त प्रदेशिक अस्पतालमा गाभ्ने विषयलाई लिएर गत शुक्रवार प्रदर्शन उग्र हुँदा सोही क्रममा प्रहरीले गोली चलाउदा बरहथावा नगरपालिका वडा नम्वर ६ का ३० बर्षिय युवक जयशंकर साहको मृत्यु भएपछि तिन दिन सम्म चोर्निया पुलमै शव राखेर प्रदर्शन गरिएका थिए ।
आईतवार अवेर साँझ पीडित पक्ष, सरोकारवाला पक्ष र स्थानीय प्रशासन वीच सहमती कायम भएपछि आन्दोलनका सवै कार्यक्रम स्थगित भएपछि शवको अन्तिम संस्कार गरिएको थियो ।
आन्दोलनका कारण रणभूमिमा परिणत भएका बरहथवा बजारमा सोमवार देखि चहलपहल सुरु भएपनि मंगलवार देखि जनजीवन सामान्य बन्दै पसलहरु संचालनमा आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…