सिरहाको जेलभित्रै कैदीसँग लभ काण्ड, महिलाको लाईन मागेपछि कुटाकुट, २ कैदी गम्भिर !

२०८० पौष २० शुक्रबार
बेलुकी ७:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा ।  सिरहा जिल्लास्थित रहेको कारागारमा महिलासँगको प्रेम काण्डले दुई कैदी गम्भिर घाईते भएका छन् । 

जेलभित्रै बस्दै आएका केही कैदीहरुले सोही जेलभित्रै छुट्टै सेलमा बस्दै आएकी एक महिलासँग परेको प्रेम सम्बन्धको कारण दुई कैदी गम्भिर घाईते भएका छन् । 

आरोपित कैदीहरुले जेलको ग्रीलमा लातैलातले हान्न थालेपछि जेलका नाईकेले उनीहरुलाई रोक्न खोज्दा कुटाकुट भएको सिरहाका जेलर कैलाश ठाकुरले जनाएका छन् । 

जेल सजाय काटिरहेका सुनिल कुमार यादवसहित अन्य जनालाई चोट लागेको जेलर ठाकुरले जनाएका छन् । सो क्रममा कैदी राजन पासवान, सपही हुसैन र सुनिल यादवले जेलमै जबरदस्ती गर्न थालेपछि उनीहरुमाथि चार्ज गरिएको बताईएको छ । 

सोही क्रममा सुनिल र अन्य एक जनालाई गम्भिर चोट लागेको हो । सुनिल सबैभन्दा बढी गम्भीर छन् । उनलाई ३२ वटा टाका लागेको छ । हाल उनको बिराटनगरमा उपचार भइरहेको छ । अन्य २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ ।

एक महिला कैदीसँग परेको प्रेम सम्बन्धपछि जेलर ठाकुरसँग कैदी सुनिल यादवले प्रेमिकासँग भेट गर्न पाउनुपर्ने दबाब दिदै गेट भाँच्न थालेपछि नियन्त्रण गर्न लाठी चार्ज गरिएको बताईएको छ । 

जेलमा समेत राजनीति चलेको भन्दै सिरहाकै एक पालिका प्रमुखले यसलाई अतरँजीत गरेको बताईएको छ । जेलर ठाकुरका अनुसार, पुरानो रिसबई साध्न एक मेयरले झुठा विवरणको समाचार बनाएर अफवाह फैलाएको बताए । 

  • 7%
  • 77%
  • 1%
  • 2%
  • 0%
  • 4%

जनस्वास्थ्य प्रयोगशाला जनकपुरका प्रमुख मिश्रमाथि अनियमितताको आरोप

  • २०८० पौष २० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख श्रवणकुमार मिश्रमाथि व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । सचेत नागरिक समाजको एक टोलीले मुख्यमन्त्री सरोजकुमार यादवलाई बुझाएको ज्ञापनपत्रमा उनीमाथि २० वुँदे

पूरा पढ्नुहोस्

Bureau Menus