सिडिओ कार्यलय अगाडीबाटै मोटरसाइकल चोरी
हजारौंको संख्यामा दिनहुँ चहलपहल हुने जिल्ला प्रशासन कार्यलय सर्लाहीमा मोटरसाइकल तथा हेलमेटको चोरी हुदै आएको छ । पार्किङ स्थलमा सिसिटिभी जडान तथा प्रहरीको निगरानी बढाई चोरीमा संलग्न व्यक्तिहरुलाई कानुनीको दायरामा ल्याउनका लागि स्थानीय प्रशासन उदासिन रहदै आएको सेवाग्राहीहरुको आरोप रहेका छन ।

२०८० पुस ९ सोमबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । जिल्ला प्रशासन कार्यलय सर्लाही अगाडिबाट मोटरसाइकल चोरी भएको छ । जिल्ला प्रशासन कार्यलयको पश्चिमी दक्षिणी छेउमा पार्किङ गरि राखेएको बिआर ०६ बिजि ८२६२ भएको कालो ब्लु रङ्गको भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरी भएको हो ।
जिल्ला प्रशासन कार्यलयमा वैदेशिक रोजगार सम्बन्धि ठगीको विषयमा छलफलका लागि आएका कौडेना गाउँपालिका वार्ड(६ मोतिपुर निवासी राजन साहको मोटरसाइकल चोरी भएको हो ।
वैदेशिक रोजगारको ठगी सम्बन्धि छलफलका लागि बिहान ११बजेको समयमा मोटरसाइकल पार्क गरि छलफलका सिडिओ कार्यलयको भित्र गएको पिडित राजन साहले बताए ।
उनका अनुसार छलफलबाट ३ बजेको समयमा गाडी हेर्न जादा गाडी पार्किङ गरेको ठाउँमै थियो तर फेरि कार्यलयमा पुगेर केही समयमै फर्किदा गाडी पार्किङ गरेको ठाउँमा नरहेको उनले दुखेसो पोखे ।
हजारौंका संख्यामा सेवाग्राही आउने सिडिओ कार्यलयको पार्किङ स्थलमा सिसिटिभी नभएको उनले गुनासो गरे ।
पार्किङ स्थलमा सिसिटिभी नभएको र प्रहरीले समेत निगरानी नगरेको भन्दै स्थानीय प्रशासन लापरबाहीका कारण मोटरसाइकल चोरी भएको भन्दै सेवाग्राहीहरुले आक्रोश पोखे । उनीहरुले पार्किङ स्थलमा सिसिटिभी लगाई प्रहरीको निगरानी बढाउनु पर्ने समेत माग गरे ।
हजारौंको संख्यामा दिनहुँ चहलपहल हुने जिल्ला प्रशासन कार्यलय सर्लाहीमा मोटरसाइकल तथा हेलमेटको चोरी हुदै आएको छ । पार्किङ स्थलमा सिसिटिभी जडान तथा प्रहरीको निगरानी बढाई चोरीमा संलग्न व्यक्तिहरुलाई कानुनीको दायरामा ल्याउनका लागि स्थानीय प्रशासन उदासिन रहदै आएको सेवाग्राहीहरुको आरोप रहेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…