"बजेट सँशोधन जरुरी छ र मधेसमा सबभन्दा बढी बजेट दिनुपर्छ" : अरगरिया
काशिन्द्र शर्मा | जनकपुरधाम, २० जेठ । संघीय साँसद उमा शँकर अरगरियाले मधेसमा कुल बजेटको सबभन्दा बढी बजेट मधेसमा दिनुपर्ने बताउनुभएको छ । आईतबार संघीय सदनमा कडा प्रस्तुत हुँदै नेता अरगरियाले दुई तिहाई बहुमतको सरकार रहेकोले नीतिगत रुपमा बजेट सँशोधनको जरुरी रहेको औल्याउनुभयो । समृद्ध नेपाल बनाउनको लागि

२०७५ जेठ २० आइतबार, बेलुकी ७:०० बजे२ मिनेट पढाइ

काशिन्द्र शर्मा |
जनकपुरधाम, २० जेठ । संघीय साँसद उमा शँकर अरगरियाले मधेसमा कुल बजेटको सबभन्दा बढी बजेट मधेसमा दिनुपर्ने बताउनुभएको छ ।
आईतबार संघीय सदनमा कडा प्रस्तुत हुँदै नेता अरगरियाले दुई तिहाई बहुमतको सरकार रहेकोले नीतिगत रुपमा बजेट सँशोधनको जरुरी रहेको औल्याउनुभयो ।
समृद्ध नेपाल बनाउनको लागि र संघीय सरकारको सपना पुरा गर्नको लागि कुनै पनि बजेट बनाउनु अघि बजेटको फर्मूला अनुसार बनाउनुपर्ने अर्थमन्त्रीलाई उदृत गर्दै सदनमै बोल्नुभयो ।
उहाँले भन्नुभयो , "भौगिलोकि, जनसँख्या, गरिबी, शिक्षाको आधारमा बजेट दिनुपर्र्ने हुन्छ । नेपालको कुल राजस्वमध्ये ८७ प्रतिशत राजस्व मात्र मधेसबाट उठने गरेको तर बजेट दिँदा मात्र १३ प्रतिशत दिनु कहाँको न्याय हो ? म संघीय सरकारसँग आग्रह गर्न चाहन्छु की बजेटलाई सँशोधन गरी मधेसको लागि कूल बजेटको कम्तिमा पनि ५० प्रतिशत बजेट छुट्याउनुपर्छ ।"
जनसँख्याको आधारमा प्रदेश ३ भन्दा थोरै जनसँख्या कम प्रदेश नं. २ मै रहेपनि बजेटको मामलामा जनसँख्या र गरिबीको सँख्या अनुसार निकै कम रहेको भन्दै प्रदेश २ मा बजेट थप्नुपर्ने कडा माग गरे । ५४ लाख ४ हजार १ सय ४३ जनसँख्या भएको प्रदेश २ मा मात्र १६ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
नीति र सिद्धान्त अन्तर्गत बजेटको विनियोजन हुनुपर्ने माग गर्दै अरगरियाले बुँदा नम्बर २० मा स्वास्थ्य सम्बन्धिको बुँदामा सुत्केरी हुनेको लागि यातायात खर्च दोब्ब्र गर्नेमा ओबजेक्सन गर्दै कुनै पनि क्षेत्रमा तलमाथि नगरी बराबरी गर्न माग उठाउनुभयो ।
प्रदेश २ को धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य समेत रहेका संघीय समाजवादी फोरमका नेता अरगरियाले बच्चाले खाने चकलेटमा समेत कर तोकिएको भन्दै कमसेकम चकलेटलाई करदायराबाट मुक्त गर्नुपर्ने माग उठाउनुभयो ।
मैथिली भाषामै भाषण गर्दै नेता अरगरियाले धनुषाको कमला नदीको किनारमा खेतीपाती नष्ट गर्ने जँगली सुंगुरबाट बचाउन बजेट मार्फत व्यवस्था गर्नुपर्ने माग उठाउनुभयो ।
धनुषा र सिरहको बीचमा रहेको कमला नदी पूर्वी धनुषाको किसानको लागि मात्र नभई कमला नदि किनारमा अवस्थीत दर्जनौँ गाउँ कमला नदीको पानीको सिँचाईको भरमा चल्ने गरेकोले विशेष ग्राहयता दिनुपर्ने बताउनुभयो ।
कमला सिँचाई र डिलको जिर्णोद्धार सहित उक्त भेकका किसानहरुको बालीनाली नष्ट गर्ने, खेत खलिहान नष्ट गर्ने जँगली सुँगुर, निल गाईबाट बचाउनको लागि सरकारले बजेट मार्फत व्यवस्था गर्नुपर्ने माग जोडदार गर्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…