जनकपुरः ५ बर्षिय बर्षिय बालिकाको बलात्कार गरी हत्या, पोखरीमा लास
बालिकालाइ खोज्दै जादा प्रहरीको डग टोलिले ती पोखरीको वरिपरि मात्र घुमिरह्दा इलाका प्रहरी कार्यालय युदुकुहाको प्रहरी नीरिक्षकले त्यही पोखरिमा मारेर फालेको हुन सक्ने भनी दिनभरी दमकलले पानी निकासी गरि राती ८ बजे तिर शव फेला पारेको हो ।

२०८० मंसिर २९ शुक्रबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित एक पाँच बर्षिय बालिकालाई बलात्कार गरी हत्या गरिएको घटना बाहिरिएको छ ।
धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ९ कुशमाहा सत्तोषरस्थित पाँच बर्षिय बालिकालाई बलात्कार पश्चात हत्या गरी फालिएको अवस्थामा पोखरीमा लास फेला परेको हो ।
कुशमाहा सतोषर बस्ने स्थानीय एक बालिकालाई जवर्जस्ती करणी गरि घाँटी थिचेर मारेको अवस्थामा धनुषा प्रहरीले शव बरामद गरेको हो।
बुधबार रातिदेखी नै हराइरहेकी उक्त बालिकालाइ खोजबिन गर्दै गर्दा गाउँ भन्दा ५०० मिटर पश्चिम दुरिमा रहेको एक पोखरीबाट प्रहरीले बिहिबार राती ८ बजे शव बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
बालिकालाइ खोज्दै जादा प्रहरीको डग टोलिले ती पोखरीको वरिपरि मात्र घुमिरह्दा इलाका प्रहरी कार्यालय युदुकुहाको प्रहरी नीरिक्षकले त्यही पोखरिमा मारेर फालेको हुन सक्ने भनी दिनभरी दमकलले पानी निकासी गरि राती ८ बजे तिर शव फेला पारेको हो ।
घटनाबारे अनुसन्धान गर्दै जादा अनुसन्धानको क्रममा घटनामा संलग्न त्यही ठाउको अन्दाजि बर्ष २५ र ३६ को दुई युवकले जवरजस्ती करणी पछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको हो। घटनामा संलग्न दुबैलाई हिरासतमा लिइएको हो।
उनिहरुमाथी जवरजस्ती करणी तथा ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…