सिरहामा बस र मोटरसाइकल ठोक्किदा २ गम्भीर
बिनय यादव, सिरहा, २० जेठ । सिरहामा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको नरहा गाँपा ३ नयाँ चोक चोहर्वास्थित सनिवार राती करिब ९ बजे पुर्वबाट पश्चिम जाँदै गरेको ना. ७ ख. ९५४ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ना. ५३ प. १४६८ नम्बर

२०७५ जेठ २० आइतबार, दिउँसो १:२५ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, २० जेठ । सिरहामा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् ।
महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको नरहा गाँपा ३ नयाँ चोक चोहर्वास्थित सनिवार राती करिब ९ बजे पुर्वबाट पश्चिम जाँदै गरेको ना. ७ ख. ९५४ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ना. ५३ प. १४६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट नरहा ३ का १७ वर्षीय सुरेश यादव र सिरहा नपा १९ का मुकेश यादव गम्भीर घाइते भएका हुन् । घाइते दुबैको बिराटनगरस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।
यता, ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखिएको ईप्रका मिर्चैयाले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…