जनकनन्दिनी गाउँपालिकाको नयाँ अधिकृतमा झा
आईतबार एक समारोहबीच गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले उनलाई स्वागत गरेका छन् । गाउँपालिकाका कर्मचारी, जनप्रतिनीधि, कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा अधिकृत झालाई माला अबिर लगाएर स्वागत गरेका हुन् ।

२०८० मंसिर २४ आइतबार, बेलुकी ५:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको सर्वजीत कुमार झा हाजिर भएका छन् ।
जनकनन्दिनी गाउँपालिकामा अधिकृत झा चौथो अधिकृतको रुपमा हाजिर भएका हुन् । यसअघि सोही गाउँपालिकाका अयोधी दासले कुशल कार्यसम्पादन गरी कार्यभार सम्हाल्दै आएका थिए ।
आईतबार एक समारोहबीच गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले उनलाई स्वागत गरेका छन् । गाउँपालिकाका कर्मचारी, जनप्रतिनीधि, कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा अधिकृत झालाई माला अबिर लगाएर स्वागत गरेका हुन् ।
यसअघि सप्तरीको राजगढ गाउँपालिकामा कार्यभार सम्हालेका अधिकृत झाले आईतबारदेखि विधिवत रुपमा जनकनन्दिनी गाउँपालिकाको कार्यभार सम्हालेका हुन् ।
सो क्रममा गाउँपालिका अध्यक्ष यादवले अधिकृत झासँग जनप्रतिनीधि, कर्मचारीबीचको समन्वयकारी भूमिका निर्वाह गरी कुशल कार्यसम्पादनसहित शून्य बेरुजुको लागि कामको अपेक्षा गरे ।
जनकनन्दिनी गाउँपालिकामा अधिकृतको रुपमा अहिलेसम्म अयोधी दास सबभन्दा अधिक समय कार्य सम्पादन गरेका हुन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…