मलेसियामा नेपालीले नै काटे नेपालीको घाँटी !
ताहिरलाई छुरा प्रहार गरेपछि फरार रहेका जीतेन्द्र र राजेशलाई मलेसियन प्रहरीले खोजतलास गरिरहेको बताइएको छ ।

२०७५ जेठ २० आइतबार, बिहान १०:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
मलेसिया, २० जेठ । नेपाली -नेपाली भाईभाई हो भनेर भन्ने गरेको छ , तर मलेसियामा एक नेपालीलाई नेपालीहरुले नै घांटी रेटेको छ ।
शनिबार मलेसियाको जोहरबारुमा एक कपी सपमा डान्स गर्दै आएका जनकपुर वडा नं. ८ पिडारीचोक बस्ने अन्दाजी वर्ष ३० का ताहिर माईकल नामक युवालाई छुरा प्रहार गरी गम्भिर बनाएका हुन् ।
सर्लाही मलँगवाका राजेश राउत र सिरहा मिर्चैया सीतापुर बस्ने जीतेन्द्र कुमार यादवले ताहिरलाई शरिरको विभिन्न भागमा छुरा प्रहार गरेको बताईएको छ ।
मलेसियाको वाईट कफी शपमा विगत ७ महिनादेखि डान्स गर्दै आएका ताहिरलाई उनीहरुले छुरा प्रहार गरेका हुन् ।

अहिले मलेसियाको फोरम सिटी कम्पनीमा काम गर्दै आएका ताहिरले राजेशलाई १३ हजार मलेसियन रिँगेट र जीतेन्द्रलाई ९ हजार मलेसियन रिँगेट सापटी दिएको थियो । करिब ७/ ८ महिनापछि आफू घर जान लागेको र सापटी रकम दिन आग्रह गरेपछि दुवै जनाले पार्कमा बोलाएर छुरा हानेको बताइएको छ ।
मलेसियाको सुल्तान अमिनाह होस्पिटलमा उपचाररत ताहिरले न्यूज ब्यूरोसँग कुरा गर्दै भने, "फोरम सिटी कम्पनीमा काम गर्दै आएको छु, मलाई नृत्यको गुण भएर कफी सपमा पार्ट टाईम डान्स गर्थे, महिनामा जसरी पनि ३ हजार बढी मलेसियन रिँगेट कमाउछु । जीतेन्द्र र राजेशसँग भेट भयो, आफ्नै क्षेत्रको साथी भेटेपछि त खुसी लाग्यो । राजेशले घरमा आफद आएको भन्दै मसँग १३ हजार रुपैयाँ मलेसियन रिँगेट सहयोग मागे, मैले पनि विश्वास गरेर दिए । त्यसपछि जीतेन्द्रले पनि सहयोग मागे र उसलाई पनि ९ हजार रुपैयाँ मलेसियन सहयोग गरे । म यही जुन १५ तारिखको घर आउनेबाला थिए, पैसा माग्दा छुरा हान्यो ।"
अहिले कार्यरत फोरम सिटीमा ताहिर अवैद्यानिक भएपछि घरबाट फिर्ता आउन आमावुवाले आग्रह गरेपछि यही जुन १५, २०१८ को नेपाल घर फर्कने टिकट थियो ।
घर आउने तर्खरमा रहेका ताहिरलाई पैसा मागेपछि राजेश र जीतेन्द्रले पैसा दिन्छु, अहिले पार्कमा घुम्न जाउ भनेर मलेसियाको आईपार्कको छेउमा रहेको जँगलमा लगेर घाँटीमा छुरा प्रहार गरेको पीडित ताहिरले बताए ।
उनले भने, "जीतेन्द्रले पहिले मलाई समात्यो, राजेशले पछाडीबाट छुरा प्रहार गरयो, छुरा प्रहार गरेको ठाउँमा मैले हात राख्न खोजेपछि देब्रे पट्टी मुटु रहेको ठाउँमा पछाडीबाटै फेरी प्युठमा छुरा घोपे । बल्ल मुटु बचेको छ र घाँटीको नली पनि । छुरा त ४/५ चोटी प्रहार गरियो तर मैले रोकेर मान्छेहरुलाई बोलाएपछि दुवै जना भागे ।"
ताहिरलाई छुरा प्रहार गरेपछि फरार रहेका जीतेन्द्र र राजेशलाई मलेसियन प्रहरीले खोजतलास गरिरहेको बताइएको छ ।
दुवै जना अवैद्यानिक रुपमा कम्पनीमा काम गर्दै आएकोले भागेपनि प्रहरीलाई पक्राउ गर्न कठिन हुनेछ । उनीहरु भागेर विभिन्न कम्पनीहरुमा काम गर्दै आएका छन् । अहिले दुवै फरार रहेका छन् ।
उपचाररथ ताहिरलाई अस्पतालमै २० हजार मलेसियन रिँगेटसम्मको खर्च लाग्ने बताउँदै दुवै जनाबाट आफ्नो रकम फिर्ता गराइदिन सरोकारबालासँग आग्रह गरेका छन् ।
यसका साथै दुवै उपर कानुनी कारवाहीको लागि सरोकारबाला निकायमा जाने उनले बताएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…