मोटरसाईकल ठक्कर हुँदा खसेका युवकलाई बसले किच्यो, घटनास्थलमै मृत्यू 

२०८० मङ्सिर १७ आइतबार
बिहान १०:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । दुई मोटरसाईकल जुध्दा राजमार्गमा खसेका एक युवकलाई बसले किचेर मृत्यू भएको छ । 

सर्लाहीको बागमतीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको हो। शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकीमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा उछिट्टिए सडकमा खसेका युवकलाई बसले किचेको हो।

मृतक युवकको अझै सनाखत नभएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

तीव्र गतिमा रहेको प्र२ ०३ ००६ प ६७ मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा जुध्दा प्र२ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलमा सवार युवक सडकमा खसेका थिए।

त्यहीबेला मलंगवाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना७ ख १८३६ नम्बरको बसले किच्दा युवकको घटनास्थलमै मृत्यु भएको सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले नेपालखबरलाई जानकारी दिए।

दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा परेको मोटरसाइकलका चालक भागेको कारण मृतक युवकको सनाखतमा समस्या परेको डीएसपी पञ्जियारले बताए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • 52%
  • 0%
  • 0%
  • 0%
  • 47%
  • 0%

Bureau Menus