मधेशमा प्रयाप्त मलखाद भएपनि प्रदेश सरकार कालाबजारीमाः पूर्व कृषिमन्त्री कुशवाहा

२०८० मङ्सिर १७ आइतबार
बिहान ०९:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्व कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले पर्याप्त मल खाद्य भएपनि प्रदेश सरकार कालाबजारी गरिरहेको आरोप लगाएका छन् । 

प्रदेशसभामा बोल्दै पूर्वमन्त्री कुशवाहाले आफू मन्त्री रहेकै बेला मधेश प्रदेशको ८ वटै जिल्लाका किसानलाई पर्याप्त मल पुग्ने गरी स्टक गरेको अवस्थामा समेत कालाबजारी भईरहेको बताए । उनले आफ्नो कार्यकाल मात्र ४ महिनाको भएपनि किसानको लागि असार १ गतेबाट पर्याप्त रुपमा मलखाद्य उपलब्ध गराउने गरी ५२ हजार मेट्रीक टन मल खाद्यको व्यवस्था गरेर पदबाट हटेको बताए । 

रसायनिक मलको प्रयोगले उर्वरा शक्ति घटेको बताउँदै उनले तत्काल किसानहरुको विकल्पको रुपमा मात्र रहेको युरिया र डिएपी मलखाद्यको टन्न व्यवस्था गरेको अवस्थामा किसानले पर्याप्त मल नपाउँदै डिलरभन्दा बाहिर सयौँ बोरा मलखाद्य बरामद हुनु प्रदेश सरकारको कालोबजारी रहेको आरोप लगाए । 

कुशवाहाले केही दिन अगाडी मात्र रौतहतमा एक जनाको घरबाट १२०० बोरा युरिया र डिएपी मलखाद्य बरामद भएको बताउँदै कुन डिलरमा के कति मल गएको ? कुन जिल्ला, पालिका, वडामा के कति किसानको लागि मल गएको तथ्याँक नै नराखी १२०० बोरा एक साधारण व्यक्तिको घरबाट बरामद हुनु कालोबजारी प्रष्ट भएको बताए । 

आफू मन्त्री हुँदा रसायनीक मलको प्रयोग न्यून गरी प्राराँगारिक मल, झोल मलमा अधिक लगानी गरी वडास्तरमै मल उत्पादनको माध्यमले किसानलाई कृषि क्रान्तीमा ल्याउने योजना बनाएकोमा मन्त्री पदबाट हटाइएको बताए । उनले ५२ हजार मेट्रीक टन मलको व्यवस्था गरी असार १ गतेबाट मात्र वितरणको लागि निर्णय गरेकोमा किसानले अझै मल नपाउनुमा स्टकमा अझै १० लाख बोराको हिसाब हुनुपर्ने बताए । 

उनले आफू मन्त्री हुँदा स्टक गरी राखेको मलको वितरणको हिसाब गर्दा स्टकमा १० लाख बोरा युरिया र डिएपीको हिसाब प्रदेश सरकारले दिनुपर्ने बताए । कुन डिलरलाई कति मात्रामा मल उपलब्ध गराएको, किसानले के कति पाएको तथ्याँक सार्वजनिक गरे मात्र कालोबजारी हटने बताए । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अब धनुषामा सवारी सर्भिसिँग वा मर्मत गराउनुपरेमा 'बिलबुक' अनिवार्य ल्याउनुपर्नेछः एसपी तिवारी

  • २०८० मङ्सिर १७ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले धनुषा जिल्लाभरिका कवार व्यावसायी र मोटरसाईकल ग्यारेज मालिकहरुसँग अन्तरक्रिया गरेका छन् ।  सवारी साधन चोरीको घटना बढन थालेपछि एसपी

पूरा पढ्नुहोस्

Bureau Menus