जनकपुरः खेतबाट घर गईरहेकी बालिकालाई उँखुबारीमा लगेर बलात्कार, युवक फरार
यता, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर पिडित बालिकाको मेडिकल गराएको छ भने घटना पक्षचात आरोपित नविन महतो फरार रहेको प्रहरीले जनाएको छ । नविनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

२०८० मंसिर १६ शनिबार, दिउँसो ४:४९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नो खेतमा धान काटेर घर फर्किरहेकी एक बालिकालाई एक युवकले बलात्कार गरेको घटना बाहिरिएको छ ।
धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित आफनै खेतमा धान काटन आएकी एक १४ वर्षिय वालिकालाई धान ओसर्ने क्रममा उँखुवारीमा लगेर बलात्कार गरेको आरोप लगाईएको छ ।
बलात्कृत भनिएकी बालिकाको अभिभावकका अनुसार छिमेकी राम दुलार महतोको खेतमा परिवारका सदस्यहरुले धान काटेर साँझ करिब ६ बजे धान ओसार्ने क्रममा राम दुलार महतोको छोरा वर्ष २८ को नविन महतोले घर आउने क्रममा एक्लै भएको अवस्थामा उँखुवारीमा लगेर बलात्कार गरेको हो ।
यता, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर पिडित बालिकाको मेडिकल गराएको छ भने घटना पक्षचात आरोपित नविन महतो फरार रहेको प्रहरीले जनाएको छ । नविनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…