आर्मीलाई हराउँदै केपी ओली कपमाथि मधेशको कब्जा, मधेश प्रदेश बने च्याम्पियन
त्यसअघि कप्तान विनोद भण्डारीले ३२ रन, सन्तोष कार्कीले १६ रन र भीम सार्कीले २२ रन जोडेका थिए। आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रोहित पौडेल ५ रन, बसिर अहमद २ रन, कुशल मल्ल ० र राजेश पुलामी ३ रनमै आउट भए।

२०८० मंसिर १५ शुक्रबार, बेलुकी ५:३६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ।
शुक्रबार पोखरा क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश च्याम्पियन भएको हो। मधेशले राष्ट्रियस्तरको प्रतियोगिता जितेको यो पहिलो पटक हो।
मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरमा जितका लागि आर्मीलाई २४ रन चाहिदा विवेक यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा एक रन लिएका थिए।
तर त्यसपछिका तीन बलमा आर्मीका सोमपाल कामीले मधेशका रुपेश सिंहको बलमा एक रन मात्र जोड्न सके।
सोमपालले १५ बलमा नटआउट १६ रन र विवेकले १४ बलमा नटआउट २५ बनाए।
त्यसअघि कप्तान विनोद भण्डारीले ३२ रन, सन्तोष कार्कीले १६ रन र भीम सार्कीले २२ रन जोडेका थिए। आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रोहित पौडेल ५ रन, बसिर अहमद २ रन, कुशल मल्ल ० र राजेश पुलामी ३ रनमै आउट भए।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…