विपिको विचारमा हिडनुपर्ने वक्ताहरुको जोड
न्यूज ब्यूरो | जनकपुरधाम, १९ जेठ । धनुषाको बटेश्वरमा सम्पन्न विपी विचार समाजको भेलामा सहभागीहरुले नेता विपीको विचारमा हिडनुपर्ने बताएका छन् । बटेश्वर गाउँपालिकामा वीपी विचार राष्ट्रिय समाजको प्रथम भेला समाजका धनुषा जिल्ला सदस्य राममणि कुशवाहाको अध्यक्षता तथा जनकपुर उपमहानगरपालिकाका पूर्व मेयर तथा ने

२०७५ जेठ १९ शनिबार, राति १०:२० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो |
जनकपुरधाम, १९ जेठ । धनुषाको बटेश्वरमा सम्पन्न विपी विचार समाजको भेलामा सहभागीहरुले नेता विपीको विचारमा हिडनुपर्ने बताएका छन् ।
बटेश्वर गाउँपालिकामा वीपी विचार राष्ट्रिय समाजको प्रथम भेला समाजका धनुषा जिल्ला सदस्य राममणि कुशवाहाको अध्यक्षता तथा जनकपुर उपमहानगरपालिकाका पूर्व मेयर तथा नेपाली काँग्रेसका नेता बजरंग प्रसाद साहको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
विपी समाजका धनुषा जिल्ला सभापति सुरेश कोइरालाको विशेष आतिथ्यमा शनिवार सम्पन्न भेलाले महान नेता विपीको विचरलाई अँगाल्नुपर्ने बताइएको छ ।
यसका साथै, निरज कार्कीको सभापतित्वमा वीपी विचार राष्ट्रिय समाजको २१ सदस्य बटेश्वर गाउँपालि समिति गठन गरेको छ ।
भेलालाई उदघाटन गर्दै प्रमुख अतिथि पूर्व मेयर बजरंग प्रसाद साहले वीपीको विचार नेपाली काँग्रेसको आत्मा रहेको बताउनुभयो ।
पार्टी वीपीको विचारबाट विचलित भएकाले कमजोर भएको विचार व्यक्त गर्नुभयो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…