अपडेटः जनकपुरमा युवतिको बलात्कारपछि हत्या गरी फालिएको आशंका !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्र अन्तर्गत धनुषाको भडरियामा हत्या गरि फालिएको अवस्थामा आज विहान भेटिएको शवको प्रकृतिले बलात्कार भएको आशंका गरिएको छ । दुई तिनदिन अगाडी नै हत्या गरी फालेर परालले छोपेर राखिएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो । शवको प्रकृति हेर्दा युवतिक

२०८० मंसिर १२ मंगलबार, राति ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्र अन्तर्गत धनुषाको भडरियामा हत्या गरि फालिएको अवस्थामा आज विहान भेटिएको शवको प्रकृतिले बलात्कार भएको आशंका गरिएको छ ।
दुई तिनदिन अगाडी नै हत्या गरी फालेर परालले छोपेर राखिएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो । शवको प्रकृति हेर्दा युवतिको सुरुवाल खुलेको, भित्री वस्त्र लगाएको तथा भित्री वस्तबाट रगतको अधिक दागहरु देखिएपछि बलात्कार गरी हत्या गरेको आशंका गरिएको छ ।
युवतिको शव फेला परेको खवरपछि धनुषाका प्रहरी प्रमुख दिनबन्धु शर्माले आफैँ घटनास्थल पुगेर मुचुल्का गरेका हुन् । धनौजी गाउँपालिका वडा नं. ४ भडरियाको बिचला टोलभन्दा करिब २०० मिटर उत्तरमा रहेको एक आँप बगैँचास्थित अर्धनग्न अवस्थामा शव फेला परेको बताईएको छ ।
पछिल्लो समाचारः
यद्यपी, अहिलेसम्म शवको पहिचान भने हुन नसकेको जनाईएको छ । कसैले अहिलेसम्म कुनै निवेदन समेत नदिएको बताईएको छ ।
घटनास्थलदेखि केही दुरीमा नेपाल–भारतको सीमा समेत रहेकोले युवति भारतीय समेत हुन सक्ने अनुमान गरिएको छ । घटनाको बारेमा अनुसन्धान जारी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…