एभेरेष्ट पेपर मिल वारे सदनमा आवाज उठाउछु : सांसद साह
न्यूज ब्यूरो | महोत्तरी,१९ जेठ । महोत्तरीको विग्ही नदीमा आउने दुषित कालोपानी नियन्त्रणको लागि सदनमा आवाज उठाउने प्रदेश सभा सदस्य सुरीता साहले बताएकि छिन । लोहारपटटी नगरपालिकाका वडा नं. ४ खुटटामा पर्ने गेरुका धाममा पुरुषोत्तम मासमा प्रत्येक तिन वर्षमा लाग्ने गेरुका मेलाको व्यवस्थापन हेर्न पुगेकि साँस

२०७५ जेठ १९ शनिबार, बेलुकी ६:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
महोत्तरी,१९ जेठ । महोत्तरीको विग्ही नदीमा आउने दुषित कालोपानी नियन्त्रणको लागि सदनमा आवाज उठाउने प्रदेश सभा सदस्य सुरीता साहले बताएकि छिन ।
लोहारपटटी नगरपालिकाका वडा नं. ४ खुटटामा पर्ने गेरुका धाममा पुरुषोत्तम मासमा प्रत्येक तिन वर्षमा लाग्ने गेरुका मेलाको व्यवस्थापन हेर्न पुगेकि साँसद साहले उक्त दुषित पानीमा समेत श्रद्धालुहरु नुहाउनु पर्ने वाध्यता देखेपछि सो वताएकि हुन ।
धनुषाको महेन्द्र नगर स्थित एभरेष्ट पेपर मिललाई सर्वोच्च अदालतले १३ वर्ष पहिले नै दुषित पानी नदीमा मिलाउन नपाउने आदेश दिएपनि सर्वोच्चको आदेशको वेवास्ता गर्दै मिलले लगातार दुषित पानी नदीमा मिलाउदै आएको छ ।
साँसद साहले अदालत र कानुन सवै भन्दा माथी भएकोले तत्काल मिलको पानी नदीमा आउनबाट रोक्न चर्को आवाज उठाउने बताएकि छिन ।
यता गेरुका मेलामा लाखौ श्रद्धालु सहभागि हुने गरेकोले गेरुका,पडौल स्थान लगायतका धार्मिक आस्थाका केन्द्रहरुलाई प्रदेश कै धार्मिक पर्यटकिय स्थलको रुमा विकास गर्न समेत सदनमा प्रस्ताव लग्ने उहाले वताईन ।
त्यसतै लोहारपटटी कै वडा नं. ४ मा नदीको कारण दुई टुक्रामा विभाजित भएकोले त्यसमापुल निर्माण गर्न र उक्त वाडमै रहेको गेरुका नदिको संरक्षण गर्ने समेत प्रस्ताव लग्ने उहाले वताईन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…