नेपाली क्रिकेटरलाई पुरस्कारको घोषणा गरेका शहिदनगरका मेयर यादवले अझै दिएन पुरस्कार
खेलको दुई महिना बितिसक्दा पनि उनले घोषणा गरेको रकम खेलाडीलाई दिएका छैनन् । म्याचको बेला विभिन्न मिडियामा मेयर यादवले ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए । यसै सन्दर्भमा शहिदनगर नगरपालिकाका मेयर यादवलाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । नेपाल भारतबीचको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेसँगै नेपाल एसिया कपबाट बाहिरिएको थियो। भारतीय टिमसँगको नेपाली टिमको खेलला

२०८० कार्तिक २१ मंगलबार, राति ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले क्रिकेटरको लागि घोषणा गरेको पुरस्कार अझै दिएका छैनन् ।
गत भदौ १९ गते नेपाल–भारतबीच भएको एसिया कपको क्रममा मेयर यादवले खेलमा अर्ध शतक लगाउने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।
सो क्रममा घोषणा अनुसार मेयर यादवले सो खेलमा अर्धशतक लगाएका क्रिकेटर आशिफ शेखलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । शेखलाई प्रोत्साहन स्वरुप घोषणा गरेको रकम दिने बताएपनि अझै रकम दिएका छैनन् ।
खेलको दुई महिना बितिसक्दा पनि उनले घोषणा गरेको रकम खेलाडीलाई दिएका छैनन् । म्याचको बेला विभिन्न मिडियामा मेयर यादवले ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।
यसै सन्दर्भमा शहिदनगर नगरपालिकाका मेयर यादवलाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
नेपाल भारतबीचको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेसँगै नेपाल एसिया कपबाट बाहिरिएको थियो। भारतीय टिमसँगको नेपाली टिमको खेललाई भावनात्मक रुपमा देखिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…