नेपाली क्रिकेटरलाई पुरस्कारको घोषणा गरेका शहिदनगरका मेयर यादवले अझै दिएन पुरस्कार 

२०८० कार्तिक २१ मंगलबार
रति ९:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले क्रिकेटरको लागि घोषणा गरेको पुरस्कार अझै दिएका छैनन् । 

गत भदौ १९ गते नेपाल–भारतबीच भएको एसिया कपको क्रममा मेयर यादवले खेलमा अर्ध शतक लगाउने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।

सो क्रममा घोषणा अनुसार मेयर यादवले सो खेलमा अर्धशतक लगाएका क्रिकेटर आशिफ शेखलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । शेखलाई प्रोत्साहन स्वरुप घोषणा गरेको रकम दिने बताएपनि अझै रकम दिएका छैनन् । 

खेलको दुई महिना बितिसक्दा पनि उनले घोषणा गरेको रकम खेलाडीलाई दिएका छैनन् । म्याचको बेला विभिन्न मिडियामा मेयर यादवले ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए । 

यसै सन्दर्भमा शहिदनगर नगरपालिकाका मेयर यादवलाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

नेपाल भारतबीचको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेसँगै नेपाल एसिया कपबाट बाहिरिएको थियो। भारतीय टिमसँगको नेपाली टिमको खेललाई भावनात्मक रुपमा देखिएको थियो ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८० कार्तिक २१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus