सर्लाहीमा डा. सिके राउतले लगे तीन सय बढी कार्यकर्ता
यहाँका किसान, यहाँका मजदुर आत्महत्या गर्न बाध्य भईसक्दा पनि शासकलाई कुनै मतलब छैन बरु भ्रष्टाचार गर्न र लुट्न मै मस्त छन् ।’ उनले मधेश प्रदेशका अर्थमन्त्रीलाई लक्षित गर्दै अर्थमन्त्रीले कुनै पनि योजना दिँदा सुरुमै कमिसन जम्मा गर्न लगाएको बताए । उनले जनताको आम समस्या जस्ताको त्यस्तै रहेकोले आफूहरुको संघर्ष पनि अझै जारी रहेको बताए ।

२०८० कार्तिक २१ मंगलबार, बिहान ११:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले तीन सय बढी कार्यकर्तालाई जनमत पार्टीमा लगेका छन् ।
सोमबार सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमको क्रममा अन्य पार्टीबाट तीन सय बढी कार्यकर्तालाई जनमतमा लगेका हुन् ।
मधेशी जनताको अधिकार स्थापित गराउने लडाईँ अझै नसकिएको बताउँदै उनले आफूहरुसँग पर्याप्त बहुमत नभएको कारण मधेश प्रदेशमा आफूहरुले राम्रो काम गर्न खोजेपनि गर्न नदिएको बताए ।
सोमबार सर्लाहीको कविलासीमा सो पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख अतिथी भई सर्लाही आएका प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउतले आफूहरुले कृषिको क्षेत्रमा राम्रो गर्ने प्रयास गर्दा गर्दै जिम्मेवारीबाट हटाएको बताए ।
उनले आफूहरुले जनताको मन जित्ने काम गरेकोले अरु पार्टी त्रसित भएको आयश व्यक्त गर्दै भने ,‘जनताको माग पूरा भयो भने यो पार्टी जनताको लोकप्रिय हुन्छ भन्ने सोचियो । त्यसैले हामीले गाउँगाउँमा किसानका लागि मल कारखाना खोल्ने कृषि डाक्टरहरु पठाउने योजना गरेका गरिरहेकै बेला हामीलाई जिम्मेवारीबाट हटाएर विना विभागिय बनाईयो ।’
त्यस्तै उनले देशको अवस्था भद्रगोल भई सक्दा पनि मधेश प्रदेश सरकार, केन्द्र सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । ‘लाखौं युवा विदेशिन बाध्य छन्, स्वदेशमै भएकाहरु पनि दिनदिनै आत्महत्या गर्न बाध्य छन् ।
यहाँका किसान, यहाँका मजदुर आत्महत्या गर्न बाध्य भईसक्दा पनि शासकलाई कुनै मतलब छैन बरु भ्रष्टाचार गर्न र लुट्न मै मस्त छन् ।’ उनले मधेश प्रदेशका अर्थमन्त्रीलाई लक्षित गर्दै अर्थमन्त्रीले कुनै पनि योजना दिँदा सुरुमै कमिसन जम्मा गर्न लगाएको बताए । उनले जनताको आम समस्या जस्ताको त्यस्तै रहेकोले आफूहरुको संघर्ष पनि अझै जारी रहेको बताए ।
डा. राउतले जनताको हक अधिकार स्थापित गराउन जनमत पार्टीले संघर्षको लडाई लडि नै रहको भन्नुहुँदै आगमी २०८४ सालमा हुने आम चुनावमा जनमत पार्टीलाई मधेश प्रदेशमा दुई तिहाई र केन्द्रमा निर्णायक सिटमा जिताउन आग्रह गरे ।
जिल्ला इन्चार्ज युवा नेता श्रीचन यादवको अध्यक्षतामा कविलासी नगरपालिकाको चोकमा शुभकामना आदान प्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रम भएको थियो । सो अवसरमा सामाजिक व्यक्तित्वहरुसहित विभिन्न पार्टी परित्याग गरी ३ सय भन्दा बढी व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका केन्द्रीय सदस्य विवेक शर्माले जानकारी दिए।
जनमत पार्टीमा प्रवेश गर्ने नवप्रवेशीहरुमा सामाजिक व्यक्तित्व डा. गुणेश्वर झालगायत नेपाली काँग्रेस, नेकपा एमालेलगायतका दलका नेताकार्यकर्ता रहेका छन् ।
नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष सांसद डा।सिके राउत लगायतका नेताहरुले दोसल्ला तथा माला लगाई जनमत पार्टीमा स्वागत गरेको थियो । त्यस्तै सोही अबसरमा प्रमुख अतिथी डा. राउतलाई एक क्विन्टलको माला पहिराई सम्मान गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…