जनकपुरमा नेपाल पत्रकार महासँघका पदाधिकारीहरुबीच झण्डै कुटाकुट
उनले भने,–“पत्रकार सम्मेलन थियो, सुरुमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको पत्रकार सम्मेलन थियो । केही बेरपछि विदेह नगरपालिकाका प्रतिपक्षमा रहेका एकिकृत समाजवादी पार्टीले समेत पत्रकार सम्मेलन गर्ने भनियो । अब पूर्व जानकारी नदिएकोले गर्न नदिने भनेर भनेपछि मैले मजाक मजाकमै दुवै एमाले नै रहेको भनेर मात्र भनेपछि झण्डै हात हाले । म त्यतिबेला खाजा खाईरहेको थिए । कुरो यति हो ।”

२०८० कार्तिक १४ मंगलबार, बेलुकी ७:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाल पत्रकार महासँघ धनुषा शाखाका पदाधिकारीहरुबीच झण्डै कुटाकुट भएको छ ।
मँगलबार बिहान नेपाल पत्रकार महासंघमा आयोजना गरिएको पत्रकार सम्मेलनको क्रममा महासंघकै सदस्यहरुबीच विवाद भएको हो । विहान सुरुमा पूर्व जानकारी गराईएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहको पत्रकार सम्मेलन र त्यसपछि विदेह नगरपालिकाका प्रत्यासी मेयरका उम्मेदवार राजकिशोर यादवको पत्रकार सम्मेलनको विषयलाई लिएर झण्डै हात हालाहाल भएको हो ।
पूर्व पत्रकार समेत रहेका शितल साहको पत्रकार सम्मेलन सक्किएपछि विदेहका प्रत्यासी मेयर उम्मेदवार राजकिशोर रोहिताको पत्रकार सम्मेलनबारे पूर्व जानकारी नभएको भन्दै महासंघका उपाध्यक्ष अवधेश कामत खिन्न देखिएका थिए । सोही सम्मेलनको क्रममा पूर्व जानकारी नै नभएको भन्दै पत्रकार सम्मेलन गर्न नदिने मुडमा रहेको अवस्थामा मजाक मजाकै विवाद उत्पन्न भएको बताईएको छ ।
पत्रकार महासंघकै सदस्य उपेन्द्र भगत नागवंशीलाई महासंघका उपाध्यक्ष अवधेश कामतले अभद्र गाली गलौजसहित झण्डै हातपात गरेको आरोप छ । उनले आफू एमाले पार्टीको सन्दर्भमा बोलेपछि उपाध्यक्ष कामतले गाली गलौजसहित हातपातै गर्न खोजेको बताए ।
उनले भने,–“पत्रकार सम्मेलन थियो, सुरुमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको पत्रकार सम्मेलन थियो । केही बेरपछि विदेह नगरपालिकाका प्रतिपक्षमा रहेका एकिकृत समाजवादी पार्टीले समेत पत्रकार सम्मेलन गर्ने भनियो । अब पूर्व जानकारी नदिएकोले गर्न नदिने भनेर भनेपछि मैले मजाक मजाकमै दुवै एमाले नै रहेको भनेर मात्र भनेपछि झण्डै हात हाले । म त्यतिबेला खाजा खाईरहेको थिए । कुरो यति हो ।”
यस सन्दर्भमा भिडियोमा देखिएका अनुभवि पत्रकार श्याम सुन्दर शशिले पत्रकार सम्मेलनकै लागि भनाभन भएको बताएका छन् । उनले पत्रकार नागवंशीले राजकिशोरलाई समय मिलानको सन्दर्भमा भनाभन मात्रै भएको बताए । उनले भने, –“म बाहिर निस्किदै थिए, अवधेश कामत जी पनि गेटमै हुनुहुन्थ्यो, अनि अर्को पत्रकार सम्मेलन हुन्छ भनेर भनेपछि कसेल समय दियो प्रश्न फर्काईयो ? अनि अवधेशले नागवंशीलाई उदृत गर्दै मैले नै समय मिलाएको भनेपछि म आक्रोसित चैँ भएको थिए, सोही क्रममा नागवंशीलाई मेरो नाम किन भनेको भनेर मात्र भनेको छु, त्यतिकैमा अवधेश आएर आक्रोसित हुँदै भनाभन भएको हो ।”
झगडाको बारेमा उपाध्यक्ष अवधेश कामतले समेत पत्रकार सम्मेलनकै लागि भनाभन भएको बताएका छन् । उनले पत्रकार नागवंशीले अपशब्द प्रयोग गरेपछि आफू आक्रोसित भएको प्रतिक्रिया दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…