रमदानमा कडा उपवास बसेका मुख्यमन्त्री राउत मस्जिद पुगेरै नवाज पढे
न्यूज ब्यूरो | जनकपुरधाम, १८ जेठ । रमजान चलिरहेको बेला प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले मस्दिमै पुगेर नवाज पढेका छन् । निराहार कडा उपवास बसेका मुख्यमन्त्री राउतले शुक्रबार जनकपुरको हन्फिया तुल गोसिया मस्जिदमा नवाज पढेका हुन् । मुस्लिम धर्मावलम्बीहरुको ठुलो पर्वको रुपमा मनाइने रमदानमा

२०७५ जेठ १८ शुक्रबार, बेलुकी ६:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १८ जेठ । रमजान चलिरहेको बेला प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले मस्दिमै पुगेर नवाज पढेका छन् ।
निराहार कडा उपवास बसेका मुख्यमन्त्री राउतले शुक्रबार जनकपुरको हन्फिया तुल गोसिया मस्जिदमा नवाज पढेका हुन् ।
मुस्लिम धर्मावलम्बीहरुको ठुलो पर्वको रुपमा मनाइने रमदानमा राउत समेत रोज बसेका छन् ।
रमजानको १५ औं दिनमा उनले जुम्माको नावाज पढनुका साथसाथै उक्त मस्जिदमा पुगेका इस्लाम धर्मावलम्बीसँग खुशी साटासाट गरे ।
जनकपुरधाममा जानकी मन्दिरको पछाडिपट्टी मस्जिद हन्फिया तुल गोसिया रहेको छ । यसलाई मुस्लिम र हिन्दु दुवै धर्मालम्बीहरुले धार्मिक सहिष्णुता र आपसी सद्भावको रुपमा लिएका छन् ।
मुस्लिम धर्मावलम्बीले रमदान सकिएको एक महिनापछि इद पर्व मनाउँछन् ।
एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…