कोमल कर्ण |
महोत्तरी, १८ जेठ । महोत्तरीकी एक असहाय वालिकाले विद्यालय पढाई दिन कल्पित गुहार गरेकी छिन ।
जिल्लाको रामगोपालपुर नगरपालिका वडा न. ५ कंचनपुरको खत्वे टोल निवासी १५ वर्षिया वविता कुमारी मररले आफुलाई विद्यालय पढाई दिन गुहार लगाएकी हुन ।
करिव आठ वर्ष पहिले आमाको मृत्यु भैसकेको र वुवा रामभुलो मरर गाउ गाउमा गएर मांगेर ल्याउने र सोहिले आफु चार भाई वहिनीको पेट भर्नु पर्ने वाध्यताले पाच कक्षासम्म पढेर छोडेकि उनी थप पढ्ने ईच्छा भएको बताईन ।
कापी कलम सम्म किन्ने पैसा नभएकोले कसैले विद्यालय पढाई दिन सहयोग गरे आभारी हुने बताईन ।
पाँच भाई वहिनी रहेकि वविता गाउमा जम्मा २.५ धुर जग्गामा एउटा टुटेको झोपडीमा वस्दै आएकि छिन । जेठी दिदिको विहे भइसकेको र आफ्ना थप दुई वहिनी र एक भाई तथा वुवासंगै वस्दै आएकि वविता पाच कक्षासम्म पढदा जेहेन्दार विद्यार्थी रहेकि उनी दुई वर्ष पहिले पढेको विद्यालयका शिक्षकहरुको भनाई छ ।
गाउमै प्रावि सम्म पढ्न भ्याएकि वविता थप पढ्ने इच्छा हुदा हुदै आर्थिक अभावमा पढ्न नपाएको बताउछिन ।
उनी आफुसंगै आफ्ना भाई वहिनीलाई समेत पढाउने धोको रहेको थपिन । आफ्नो जन्मदर्ता समेत नभएकि वविता भेट्न आउनेलाई पढाई दिन आग्रह गर्छिन तर अझै उनको पढ्ने जोहो हुन सकेको छैन ।

शारिरिक रुपले नसा गर्ने वानीकै कारण निक्कै कमजोर र रोगी भैसकेको उनको वुवा राम भुलो मरर काम गर्न नसक्ने अवस्थामा रहेकोले गाउ गाउ डुलेर भिख(भिक्षा) मांगेर ल्याउने र सोहिले वालवालिकाको भरण पोषण गर्दै आएका छन ।
मांगेरै खाने भएपछि कुनै दिन खाना पाउने र कुनै दिन भोकै सुत्नु पर्ने वाध्यताका विच पढ्ने ईच्छा शक्ति राखेकि ववितालाई सहयोगी हातको खाचो छ ।
“म मेरो परिवारलाई आफ्नै पढाईको योग्यताले कमाएको पैसाले पाल्न चाहन्छु । कसैले दिएको भिख(भिक्षा)ले हाम्रो शरिर जसोतसो वाच्न सक्छ तर आत्मा मरिरहे छ । भिख नै दिने भए कापी कलम र पढने व्यवस्था मिलाई दिनुस । अरुको जुठो भाडा धोएर पनि जसो तसो भोख मेटाईहाल्छौ । म आत्म निर्भर बन्न चाहन्छु दिदि ,पर निर्भर हैन ।” वविताले आग्रह गरेकि छिन ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…