सबैलामा नथुनी यादवले 'यादवजीको सैँया बना लिजिए' गीत दोहरिएपछि झडप
सोही क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेलाई सर्वसाधारणहरुले दोष दिएका छन् । टिप्पणीमा सिडिओले एकातर्फ सूचना जारी गर्ने र अर्को तर्फ अनुमति समेत दिने गरेको कारण अवस्थता बिग्रेको बताईएको छ ।

२०८० कार्तिक ६ सोमबार, राति ९:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैलास्थित दुर्गा मेलामा “यादवजीको सैँया बना लिजिए” गीत दोहोरिएपछि झडप भएको बताईएको छ ।
सबैलास्थित मेला आयोजकमा समेत समन्वय गरेको गुँरास युवा क्लबका अध्यक्ष नथुनी यादवले दुई पटक “यादवजीको सैँया बना लिजिए” गीतमा नाच्न दबाब दिएपछि दर्शकहरुले जुत्ता चप्पल प्रहार गरेको बताईएको छ ।
गाउँमा हुने कुनै प्रकारको कार्यक्रममा माईक लिएर बोल्ने बानी परेका नथुनी यादवले सोमबार समेत सबैलामा आयोजना गरिएको नर्तकी प्रिति पासवानको कार्यक्रममा माईकिँग गरेपछि झडप भएको हो । उनले स्टेजमा आफू अनुकूल जातीगत गीत मानिएको “यादवजीको सैँया बना लिजिए” भोजपुरी गीतमा नाच्न दबाब दिए, नर्तकीहरुले केही बेर नाचेर लय नमिलेपछि दोस्रो पटक समेत त्यही गीतमा नाच्न दबाब दिएको बताईएको छ ।

क्लबका अध्यक्ष नथुनी यादवले आफूहरु पैसा लिएर किनेर ल्याएको भन्दै बलपूवर्क सोही गीतमा नाच गर्नुपर्ने भनेपछि अन्य समुदायका दर्शकहरुले विरोध जनाएको नाम नखोल्ने शर्तमा एक युवकले बताए । उनका अनुसार, सबैलामा दोस्रो पटक जातीगत गीतले कुटाकुट भएको हो ।
यता, अहिले सबैलामा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ । हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी पठाएको हो ।
सोही क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेलाई सर्वसाधारणहरुले दोष दिएका छन् । टिप्पणीमा सिडिओले एकातर्फ सूचना जारी गर्ने र अर्को तर्फ अनुमति समेत दिने गरेको कारण अवस्थता बिग्रेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…