प्रदेश २ मा भयावह बन्दै आत्महत्या ! , पुरुषभन्दा महिला बढी
न्यूज ब्यूरो | जनकपुरधाम, १८ जेठ । देशमै जनसँख्याको चाप बढी रहेको प्रदेश नं. २ मा आत्महत्याको रुप भयावह बन्दै गएको छ । प्रदेश दुईमा २० वर्षमाथि उमेर समूहका महिला तथा पुरुषले आत्महत्या गर्ने गरेको पाईएको छ । प्रदेश दुईको ७ वटा जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आत्महत्या गर्ने महिला तथा पुरुषहरुम

२०७५ जेठ १८ शुक्रबार, बिहान ९:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १८ जेठ । देशमै जनसँख्याको चाप बढी रहेको प्रदेश नं. २ मा आत्महत्याको रुप भयावह बन्दै गएको छ ।
प्रदेश दुईमा २० वर्षमाथि उमेर समूहका महिला तथा पुरुषले आत्महत्या गर्ने गरेको पाईएको छ । प्रदेश दुईको ७ वटा जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आत्महत्या गर्ने महिला तथा पुरुषहरुमध्ये २० वर्षमाथि र ३० वर्ष मुनि उमेर समुहका व्यक्ति रहेको पाईएको हो । भनेर आजको न्यूजपेपर दैनिकमा नेहा झाले समाचार लेखेकी छन् ।
२० वर्ष कटिसकेका युवा शारीरिक, मानसिक, भावनात्मक रुपले परिपक्व भएपनि परिवारभित्र उनीहरुको भावनाको सम्मान नहुँदा उनीहरुले आत्महत्यासम्मको बाटो रोज्न बाध्य हुने गरेको मनोविज्ञान विषयका प्राध्यापक उमेशलाल कर्ण बताउँछन् ।
समाज विकासको बाटोमा अगाडी बढेपनि मधेशको रहन–सहन, संस्कृतिले गर्दा आजका युवाहरु आफुलाई कुनै दायराभित्र कैद गरेर राखिएको महसुस गर्ने गरेको उनले बताए ।
यसका लागि किशोरावस्थामा प्रवेश गर्ने बित्तिकै घरपरिवारका सदस्यदेखि विद्यालयका शिक्षकसम्मले उनीहरुसँग परामर्शको वातावरण निर्माण गर्नुपर्नेमा प्राध्यापक कर्णले जोड दिए ।
पुरुषभन्दा महिला बढी, यी हुन कारण प्रदेश दुईका ४ वटा जिल्लाको तथ्यांकलाई केलाउँदा पुरुषको तुलनामा ६० प्रतिशत बढी महिलाले आत्महत्या गर्ने गरेको देखिएको छ । प्रदेश दुईका ८ वटा जिल्ला मध्ये सिराहा, सर्लाही, पर्सा र सप्तरीमा आत्महत्या गर्नेमा महिला बढी रहेका छन् ।
आर्थिक २०७४/७५ मा यी ४ वटा जिल्लामा महिला पुरुषसहित २ सय २२ जनाले आत्महत्या गरेका छन् जसमध्ये महिला मात्रै एक सय ५४ जना रहेको पाइएको छ । प्राध्यापक कर्णका अनुसार पुरुषको तुलनामा महिला बढी आत्महत्या गर्नुको प्रमुख कारण चरम उत्पीडनको सामना गर्नुपर्ने, बिहेपछि उनीहरुले राखेका ईच्छा अपेक्षाहरु पूरा नहुनु लगायत कारण रहेका छन् ।
महिलालाई आफन्तबाटै यौन शोषणको पिडा भोग्नु पर्ने, पतिबाटै पनि यौनदासी जस्तो व्यवहार गरिनु, विद्यालय, सार्वजनिक स्थलमा यौन शोषणका घटनाका कारणले गर्दा पनि उनीहरु आत्महत्याको बाटो अपनाउन बाध्य हुने गरेको उनले बताए ।
सार्वजनिक स्थल, घरपरिवार, विद्यालय समेतमा आफु असुरक्षित रहेको त्यसमा पनि उनीहरुलाई सम्झाउने बुझाउने कार्य कही कतैबाट नभएकाले पनि उनीहरु उक्त बाटो अपनाउने गरेका हुन् । आत्महत्या गर्नेहरु बढ्दै प्रदेश २ मा वर्षेनी ५३ जनाले औसतमा आत्महत्या गर्ने गरेका छन् ।
आर्थिक वर्ष २०७२र०७३ मा कुल ३ सय ७१ जनाले आत्महत्या गरेका छन् भने २०७३/०७४ मा ३ सय ७४ र चालु आर्थिक वर्षमा ३ सय ९२ जनाले आत्महत्या गरेका छन् । यो तथ्यांकलाई आधार मान्दा यो प्रदेशमा यस आर्थिक वर्षमा आत्महत्या ४.८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
जबकी २०७२/०७३ मा ०.८ प्रतिशतले वृद्धि भएको थियो । प्रदेश दुईका जिल्लाको तथ्यांकलाई केलाउँदा धनुषामा आत्महत्या गर्नेहरुको संख्या उच्च रहेको पाईएको छ भने सबैभन्दा कम आत्महत्या गर्ने जिल्लाको रुपमा महोत्तरी छ ।
धनुषामा वर्षेनी औसतमा ८० जनाले आत्महत्या गर्ने गरेका छन् भने महोत्तरीमा ४१ जनाले आत्महत्या गर्ने गरेका छन् । त्यसैगरी रौतहटमा वर्षेनी औसतमा ४१ जना, सिरहामा ७९, पर्सामा ५७ र सप्तरी जिल्लामा ५८ जनाले आत्महत्या गर्ने गरेको पाईन्छ । भनेर जनकपुरबाट प्रकाशित हुने न्यूजपेपर दैनिकमा समाचार प्राथमिकताका साथ छापिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…