
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
सिरहा, २३ मंसिर । प्रारम्भिक मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ सिरहा निर्वाचन क्षेत्र नं ३ र ४ मा बाम गठबन्धनले अग्रता लिएको छ भने क्षेत्र नं. १ मा लोकतान्त्रिक गठबन्धन र क्षेत्र नं. २ मा मधेसी गठबन्धनले अग्रता लिइरहुनु भएको छ । क्षेत्र नं. १ मा काँग्रेसका प्रदीप गिरीले ८३२५ मत ल्याएर सबैभन्दा अग्

२०७४ मंसिर २३ शनिबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ
सिरहा, २३ मंसिर । प्रारम्भिक मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ सिरहा निर्वाचन क्षेत्र नं ३ र ४ मा बाम गठबन्धनले अग्रता लिएको छ भने क्षेत्र नं. १ मा लोकतान्त्रिक गठबन्धन र क्षेत्र नं. २ मा मधेसी गठबन्धनले अग्रता लिइरहुनु भएको छ ।
क्षेत्र नं. १ मा काँग्रेसका प्रदीप गिरीले ८३२५ मत ल्याएर सबैभन्दा अग्र स्थानमा रहनु भएको छ भने वाम गठबन्धनबाट नेकपा (एमाले) का गंगाप्रसाद यादवले ६७३४ मत ल्याएर गिरीलाई पछ्याईरहनु भएको छ ।
क्षेत्र नं. २ मा मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका शत्रुधन प्रशाद सिंह ६१३७ मत ल्याएर अग्रता लिनुभएको छ भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र यादवले५३५२ मत ल्याउनुभएको छ ।
क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका लीलानाथ श्रेष्ठले १२८५० मत ल्याएर अग्रता लिनुभएको छ भने मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवले ११५८० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, क्षेत्र नं. ४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अजयशंकर नायक (अविनाश) ले ७८१९ मतसहित अग्रस्थान हुनुहुन्छ भने राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले ७४८५ मत प्राप्त गरी नायकलाई पछ्याईरहनु भएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
सह-सम्पादक
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…