राराब जनकपुरका स्वीयू सभापतिलाई बदनामको प्रयास, प्रहरी भन्छन्- 'त्यस्तो केही छैन'
नेपाली काँग्रेस निकट नेविसंघबाट स्वीयू सभापतिमा निर्वाचित यादवलाई सो चुनावमा पराजित भएका केही दलका प्रतिनीधिहरुले बदनाम गर्न खोजेको आरोप लगाएका छन् । उनले भने, –“उनीहरुले षडयन्त्रपूर्वक समाजिक सँजालमा जथाभावी लेखेका छन्, तर म आतिएको छैन् ।

२०८० असोज २५ बिहीबार, दिउँसो १:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको राराब क्याम्पसका स्वीयू सभापति मनिष कुमार यादवलाई समाजिक सँजालमा बदनामको प्रयास गरिएको बताईएको छ ।
सभापति यादवलाई धनुषाको ढल्केवरस्थित सँचालनमा रहेको एक डान्सबारमा झगडा भएपछि रातभरि थुनामा बसेको समाचार र स्टेटस समाजिक सँजालमा आएपछि सभापति यादवले आफैँ फेसबुक लाईभ आएर खण्डन गरेका छन् ।
जनकपुरका केही सँचारमाध्यमहरुले सभापति यादव रातभरि ढल्केवर प्रहरीको थुनामा रहेको तथ्य प्रकाशित गरेपछि उनले फेसबुकमा लाईभ आएर आफू कुनै थुनामा नरहेको र लगाईएको आरोप बदनाम गर्नको लागि मात्र भएको बताएका छन् ।
सो सन्दर्भमा ईलाका प्रहरी कार्यालय ढल्केवरका ईन्चार्ज ईन्सपेक्टर राजकिशोर साहले सभापति यादव रातभर प्रहरी थुनामा रहेको तथ्य निराधार र गलत रहेको बताएका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा ईनसपेक्टर साहले सभापति भनिएका मनिष यादव र अन्य एक जनासँग समान्य झगडा भएको बताउँदै राती नै दुवै पक्षलाई सम्झाएर पठाएको बताए ।
उनले ढल्केवर चोकमा दुई पक्षबीच आन्तरिक विवादको कारण समान्य झगडा भएको बताए । ईन्सपेक्टर साहले राती नै यादवलाई घर पठाएर छलफलको लागि नयाँ समय दिएको बताए । उनले थुनामा बसेको तथ्यलाई खण्डन गर्दै त्यस्तो केही नरहेको प्रतिक्रिया दिए ।
यता, सभापति यादवले केही राजनीतिक दलका कार्यकर्ताहरुले आफूलाई बदनाम गर्न लागेको बताएका छन् । उनले राराब क्याम्पसमा पराजित केही प्रतिनीधि, उनका साथीभाई र आफन्तहरुले समाजिक सँजालमा षडयन्त्रपूर्वक बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस निकट नेविसंघबाट स्वीयू सभापतिमा निर्वाचित यादवलाई सो चुनावमा पराजित भएका केही दलका प्रतिनीधिहरुले बदनाम गर्न खोजेको आरोप लगाएका छन् । उनले भने, –“उनीहरुले षडयन्त्रपूर्वक समाजिक सँजालमा जथाभावी लेखेका छन्, तर म आतिएको छैन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…