न्यूज ब्यूरो, जनकपुरधाम । इजरायलमा गरिएको आतंकवादी हमलामा जनकपुरका एक युवकसहित १० नेपाली मारिएको पुष्टि गरिएको छ ।
ईजरायलस्थित रहेको नेपाली दुतावासले धनुषा जिल्लाका एक युवकसहित १० जना नेपाली मारिएको पुष्टि गरेको हो । सो आक्रमणमा केही नेपाली विद्यार्थीहरु घाईते भएको, केही प्रहरी नियन्त्रणमा रहेको र केही बोसको नियन्त्रणमा रहेको जनाएको छ ।
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मधेश प्रदेश धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका (साबिक सपही वडा नं. ६) बस्ने आनन्द साहसहित कम्तीमा १० जनाको ज्यान गएको बताएको हो ।
दुतावासको सूचि अनुसार, मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।
यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।
सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।
गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् । उनीहरुको पार्थिव शरिर नेपाल पठाउने तयारी भईरहेको दुतावासले जनाएको छ ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८० असोज २१ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्