मोटरसाईकल चोरी गरी घरको दराजमा ताला लगाएर लुकेका चोर पक्राउ
उनका अनुसार घरबाट चोरिएको मोटरसाइकल बरामद भएपछि प्रहरीले शंका लागेर घरभित्र जाँच गर्दा महतो बाहिरबाट लक गरिएको दराजभित्र लुकेर बसेका थिए । विभिन्न मोटरसाइकलको नम्बर प्लेट, ट्यांकी लगायतका पार्टपूर्जा बरामद भएपछि महतो मोटरसाइकल चोरीको गिरोहमा सक्रिय रहेको प्रहरीको आशंका छ ।

२०८० असोज १८ बिहीबार, बेलुकी ६:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशको सर्लाहीबाट मोटरसाईकल चोरलाई दराजबाट पक्राउ गरिएको छ । मोसा चोरी गरी दराजमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
घरको दराजमा लक गरिएको अवस्थामा प्रहरीले चोरलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उनलाई खोज तलास गरेपछि घरमै लक गरिएको अवस्थामा दराजमा फेला परेका हुन् ।
बुधबार साँझ लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जबाट प्रदेश–३–०२–०१२प ५८३१ नम्बरको यमहाको एफजेड मोटरसाइकल चोरी भएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा ईश्वरपुर नगरपालिका–१३ स्थित १२ नम्बर टोलका २८ वर्षीय रामकरण महतोलाई नियन्त्रणमा लिएको हो ।
महतोको घरबाट चोरिएको एफजेड मोटरसाइकलसहित अन्य मोटरसाइकलबाट निकालिएका नम्बर प्लेट, ट्यांकीसहित विभिन्न पार्टपूर्जा समेत बरामद भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार घरबाट चोरिएको मोटरसाइकल बरामद भएपछि प्रहरीले शंका लागेर घरभित्र जाँच गर्दा महतो बाहिरबाट लक गरिएको दराजभित्र लुकेर बसेका थिए ।
विभिन्न मोटरसाइकलको नम्बर प्लेट, ट्यांकी लगायतका पार्टपूर्जा बरामद भएपछि महतो मोटरसाइकल चोरीको गिरोहमा सक्रिय रहेको प्रहरीको आशंका छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…