भोली शुक्रबार जनकपुरको सबै नीजि विद्यालयमा विदा
भोली शुक्रबार जितिया पर्व हुने भएकोले महिलाहरु निराहार व्रत बस्ने गरेको छ । महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी जितियामा एक दिने स्कूल विदा दिएको । यद्यपी, सरकारी विद्यालयमा भने भोली विदा दिएको छैनन् ।

२०८० असोज १८ बिहीबार, दिउँसो २:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेको सम्पूर्ण सँस्थागत विद्यालयहरु भोली बन्द हुने भएको छ ।
मधेशको प्रसिद्ध पर्व जितियाको अवसर पारेर एन प्याबसन र प्याबसन धनुषाले भोली एक दिन जितिया पर्वकै लागि सँस्थागत विद्यालयहरु विदा रहने जनाएको छ ।
एन प्याबसनका अध्यक्ष दिपक कुमार ठाकुर र प्याबसनका अध्यक्ष रबिन्द्र चौधरीले विहिबार एक सूचना जारी गर्दै जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेको सबै बोर्डिङग स्कूलहरु छुट्टी रहने भएको छ ।
भोली शुक्रबार जितिया पर्व हुने भएकोले महिलाहरु निराहार व्रत बस्ने गरेको छ । महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी जितियामा एक दिने स्कूल विदा दिएको । यद्यपी, सरकारी विद्यालयमा भने भोली विदा दिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…